शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जेठभित्रै जनकपुरबाट रात्रीकालीन उडान, प्रधानमन्त्रीले उद्घाटन गर्ने

जेठभित्रै जनकपुरबाट रात्रीकालीन उडान, प्रधानमन्त्रीले उद्घाटन गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – जनकपुर विमानस्थलबाट जेठभित्रै रात्रीकालीन विमान सेवा सुरु हुने भएको छ। आवश्यक सम्पूर्ण तयारी पुराभएपछि जनकपुर विमानस्थलबाट यसै महिनाभित्र रात्रीकालीन सेवा सुरु हुन लागेको हो।

रात्रीकालीन विमान सेवाको लागि विमानस्थल वरिपरिका झण्डै चार सय रुख काटिएका छन्। बुधबारमात्रै विमानस्थल वरिपरि रहेको एक दर्जनभन्दा बढी रुख काटिएको छ। 

रात्रीकालीन सेवाका लागि अन्य प्राविधिक कार्यहरु यसअघि नै पुरा भइसकेपनि वरिपरि रहेका रुखहरु समस्याको रुपमा देखिएको थियो। विमानस्थल प्रमुख सन्तोष ढकालले रात्रीकालीन सेवाको लागि अन्य तयारी पुरा भइसकेपनि बाधक बनेको रुख काटेर हटाइएको बताए। 

विमानस्थल वरिपरि अग्ला हुने प्रजातिका झण्डै चार सय रुख काटिएको बताउँदै ढकालले यस कार्यमा प्रदेशका मुख्यमन्त्री देखि उपमहानगरपालिका, स्थानीयवासी सबैले सहयोग गरेको जानकारी दिए। रुखहरु हटिसकेपछि रात्रीकालीन उडानको लागि आफूहरु तयारी अवस्थामा रहेको बताउँदै उनले मे महिनाभित्रै उदघाट्न हुनसक्ने उल्लेख गरे।

‘रात्रीकालीन सेवाको लागि लगभग सबै तयारी पुरा भइसकेको छ,’ विमानस्थल प्रमुख ढकालले भने, ‘प्रधानमन्त्रीबाट रात्रीकालीन सेवाको उद्घाटन हुनेमा हामी आशावादी छौं।’ रात्रीकालीन उडानको लागि सम्पूर्ण तयारी पुरा भइसेकको भन्दै उनले उद्घाटन हुने मितिबारे छलफल चलिरहेको बताए।

‘हामीले अनुगमन गर्न विभागको ‘भ्यालिडेसन टीम’ लाई पत्राचार गरिसकेका छौं,’ ढकालले भने, ‘भ्यालिडेसन टीम’ आएर अनुगमन गरेलगत्तै हामी ‘टेस्ट फ्लाइट’ गर्ने तयारीमा छौं ।’ परीक्षण उडानपछि के–कस्तो सुझाव आउँछ त्यहिअनुसार अगाडि बढिने उनले बताए। रात्रीकालीन सेवाको लागि रनवेलगायत अन्य तयारीको विषयमा सर्वेक्षण गर्न एकदुई दिनभित्रै ‘भ्यालिडेसन टीम’ जनकपुर आउन लागेको ढकालले जानकारी दिए।

ढकालले रात्रीकालीन सेवा सुरु गर्न आवश्यक रहेको ‘रनवे लाइट’ र ‘आइएफआर’ जडान भएर जाँचसमेत भइसेको बताए। घरेलुका साथै बैंकक, भारतको पटना, लखनऊजस्ता स्थानमा उडान गर्नेगरी जनकपुर विमानस्थल तयार पारिएको उनको भनाइ छ। यद्यपि यस विषयमा माथिल्लो निकायले मात्र निर्णय गर्नसक्ने ढकालले बताए।

बुद्ध एयर जनकपुरका प्रमुख विजयप्रसाद सिंहले आफूहरु रात्रीकालीन सेवाको लागि परीक्षण उडानको तयारीमा रहेको बताए। जनकपुर विमानस्थलबाट रात्रीकालीन सेवा सुरु भइसकेपछि काठमाडौं–जनकपुर आवतजावत गर्ने यात्रुलाई सहज हुने उनको भनाइ छ।

बुद्ध एयरका प्रमुख सिंहका अनुसार हवाइसेवा थप भएपछि भाडा दरसमेत घट्ने बताउँदै सिंहले रात्रीकालीन सेवा सुरु हुँदा सानोतिनो काम भएकाहरु सोहिदिन काम गरेर फर्कन सक्ने उल्लेख गरे। अहिले दैनिक दुईवटा उडान भइरहेको अवस्थामा रात्रीकालीन सेवा सुरु भएलगत्तै बुद्ध एयरले दैनिक तीनवाट उडान गर्ने सोच बनाएको उनको भनाइ छ।

२०२४ सालदेखि सञ्चालमा आएको जनकपुर विमानस्थल पछिल्लो केही दिनयता सुधारोन्मुख दिशामा अगाडि बढेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।