बुधबार, वैशाख १२, २०८१

भारतीय लोकसभा चुनाव : मतगणना सुरु, कसले मार्ला बाजी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – लामो र तिक्ततापूर्ण निर्वाचन अभियानपश्चात् अन्ततः भारतीय मतदाताले बिहीवार विजेता थाहा पाउँदैछन्।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) ले सन् २०१४ को चुनावमा पाएको बहुमत कायम राख्न यसपटक धेरै मेहनत गरेको छ। देशभरि मोदीको चुनावी सङ्घर्ष विपक्षी कंग्रेस तथा शक्तिशाली क्षेत्रीय दलहरूसँग भएको थियो।

मतदान गरेर फर्किएका मतदाताहरूसँग सोधेर गरिएका एक्जिट पोल भनिने मत सर्वेक्षणहरूले मोदीले पुनः जित्ने भविष्यवाणी गरेका छन्। तर विश्लेषकहरूले विगतमा त्यस्ता सर्वेक्षणका परिणाम गलत ठहरिएकाले सजग रहन भनेका छन्।

अन्तिम तथा सातौँ चरणको मतदान आइतबार सम्पन्न भएको थियो। मतगणना बिहीवार सवा ८ बजेदेखि सुरु भएको छ। यसपालिको निर्वाचनलाई मोदीको नेतृत्वको जनमतसंग्रहजस्तो मानिएको छ। भारतमा मोदीलाई एक विभाजनकारी व्यक्तित्व मानिन्छ जसलाई कैयौँले मन पराउँछन् भने कतिपयले देशमा विभाजन भड्काएका आरोप पनि लगाउँछन्।

निर्वाचनमा बहुमत जित्न कुनै एक पार्टी वा गठबन्धनले कुल ५४३ सीट रहेको लोकसभामा कम्तीमा २७२ सीट जित्नुपर्नेछ। सन् २०१४ मा भाजपाले २८२ सीट जितेको थियो। त्यतिखेर कंग्रेस केवल ४४ सीटमा खुम्चिएको थियो।

यो वर्ष भारतको निर्वाचनमा ९० करोड योग्य मतदाता थिए। यो संख्या विश्वको कुनैपनि निर्वाचनमध्ये सबभन्दा धेरै हो। झन्डै आठ हजार उम्मेदवार तथा ६७० राजनीतिक दलको भाग्यको निर्णय यो निर्वाचनले गर्दैछ।

भारतीय निर्वाचन आयोगले परिणाम चरणबद्ध रूपमा प्रकाशित गर्नेछ। तर कसले जित्दैछ भन्ने संकेत केही घण्टाभित्रै वा अलि बढी समयभित्र थाहा हुन सक्नेछ। अन्तिम परिणाम बिहीवार अबेर वा शुक्रवार सबेरै आउन सक्ने अपेक्षा छ। इलेक्ट्रोनिक भोटिङ मेसिनको नतिजालाई प्रिन्ट गरिएका मतपत्रसँग रुजु गर्नु पर्ने हुँदा गणनामा केही ढिलाइ पनि हुन सक्छ।

कसले जित्दैछन् ?

भाजपाका लागि मोदी नै मुख्य आकर्षणका केन्द्र हुन्। सो दल र उसका गठबन्धन सहयोगीले केही सीट कम जितेपनि बहुमत कायमै राख्ने ठानिएको छ।

आलोचकहरू मोदी सरकारको पालामा तीव्र आर्थिक वृद्धि तथा रोजगारका वाचा उसले पूरा गर्न विफल भएको र देशमा धार्मिक विभाजनका रेखा खिचिएको बताउँछन्। मोदीका मुख्य प्रतिस्पर्धी कंग्रेस नेता राहुल गान्धी हुन्। भारतीय राजनीतिक नेहरू–गान्धी परिवारको पकडबाट असन्तुष्ट भएको ठानिएको बेला राहुल गान्धी भारतको मत पुनः जित्ने कोसिसमा छन्।

तर पार्टीले बहुमत जित्ने कमै सम्भावना छ। महत्वपूर्ण राज्यमा कंग्रेसले चुनावपूर्व गठबन्धन बनाउन पनि सकेन। यदि दुवै दलमध्यै कसैले पनि बहुमत ल्याएन भने शक्तिशाली क्षेत्रीय दलहरू त्रिशङ्कु संसद्मा निर्णायक बन्न सक्छन्।

थुप्रै एक्जिट पोलले यस्तो परिणाम सम्भव नभएको र भाजपाकै विजयको सङ्केत गरेका छन्। तर विपक्षी दलहरूले यस्ता प्रक्षेपण अस्वीकार गरेका छन्। जसले उत्तर प्रदेशमा जित्छ उसैले भारत जित्छ भन्ने मान्यता छ। यो विशाल उत्तर भारतीय राज्यले सबभन्दा धेरै अर्थात् ८० सांसद चुन्छ। सन् २०१४ मा भाजपाले त्यहाँ ७१ सीट जितेको थियो। यसपटक त्यति नै धेरै सीट उसले जित्ला जस्तो देखिँदैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।