एजेन्सी- स्पेनिस क्लब रियल मड्रिडले यस सिजनको सुरुवातमा मारियानोलाई अनुन्ध गर्नु सिजनकै सबै भन्दा खराब अनुबन्ध मानिएको छ । आफ्नो स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई टुरीन पठाएपछि अनुबन्ध गरेका मारियानो यस सिजनको सबै भन्दा खराब अनुबन्ध साबित भएका छन् ।
मरियानोलाई रियलले रोनाल्डोको प्रतिस्थापनको रुपमा अनुबन्ध गरेको थियो । उनलाई रोनाल्डोको विकल्प भन्दै रियलले जर्सी नं.७ नै दिइएको थियो । तर, रियलले मारियानो प्रति गरेको जुन अपेक्षा थियो त्यो भने पुरा हुन सकेन् ।
अनुबन्धसँगै चोटले ग्रसित बनेका मारियानोले यस सिजन प्रतियोगितामा खासै सहभागिता नै जनाउन पाएनन् । रोनाल्डोको विकल्पको रुपमा हेरिएको खेलाडीले सिजनमा मात्र ३ गोल गर्नु सबै भन्दा लज्जासपद विषय हो । त्यसैले पनि उनीमाथी रियलले रोनाल्डोको कमिको महशुस मेटाउन खोज्नु आफैमा गलत साबित भएको छ ।
उनलाई २९ अगस्ट २०१८ मा ५ वर्षका लागि अनुबन्ध गरेको भन्दै रियलले सार्वजनिक गरेको थियो । रियलमा अनुबन्ध भएका मारियानोले १९ सेप्टेम्बार २०१८ मा च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा रोमाविरुद्ध ७३ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
उक्त खेलमा उनले एक गोल गरेका थिए । लियोनबाट रियलमा पुनः फर्किएसँगै आफ्नो डेब्यु खेलमा नै गोल गर्नु मारियानोप्रति सबैको आशा झनै पलायो । तर, उनले सिजनका १३ खेल खेल्दा मात्र ३ गोल गरे । उनले सबै खाले १९ खेलमा ४ गोल गरे । यसअघि २०१७-१८ को सिजनमा उनले लियोनका लागि ३४ खेलमा १८ गोल गरेका थिए ।
उनीसँगै एट्लेटिकोले अनुबन्ध गरेका निकोला मालिनिक, भिल्लारियलले अनुबन्ध गरेका जिरार्ड मोरेनो, भ्यालेन्सियाले अनुबन्ध गरेका मिकी बाट्सुआयी र रियल बेटीसले अनुबन्ध गरेका जेसे रोड्रिग्युज पनि यस सिजनको सबै भन्दा खराब अनुबन्ध मानिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४