शनिबार, वैशाख ८, २०८१

१४ वटा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी – समायोजन अनुसारको तलबभत्ता नपाएको भन्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा उत्रिएका छन्। विश्वविद्यालयअन्र्तगतका प्राध्यापक संघ एकाई समितिले सम्बन्धित क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएका हुन्।

त्रिभुवन विश्वविद्यालयबाट समायोजन भएका कैलालीको टीकापुर बहुमुखी क्याम्पस, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया, जयपृथ्वी बहुमुखी क्याम्पस बझाङ, जनता बहुमुखी क्याम्पस अछामलगायत १४ वटा क्याम्पसका एकाई समितिले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन्। 

संघले विज्ञप्ति प्रकाशित गर्दै एक साताभित्र समस्याको समाधान नभए क्याम्पसका शैक्षिक र प्रशासनिक काम कारबाही ठप्प पार्ने चेतावनी दिएको छ। टीकापुर बहुमुखी क्याम्पस प्राध्यापक एकाई समितिका सभापति रामप्रसाद तिवारीले बजेट पारित भएर पनि विश्वविद्यालयले समायोजन अनुसारको तलबभत्ता उपलब्ध नगराएकाले आन्दोलनमा उत्रिनु परेको बताए। ११ महिना देखि समायोजन अनुसारको तलब भत्ता नपाएको उनीहरुले बताएका छन्।

२०७५ भदौ ३१ गतेको विश्वविद्यालय सभा (सिनेट)ले दरबन्दीअनुसार समायोजन भएका २१७ जना शिक्षक कर्मचारीले २०७५ साउन १ गतेबाटै समायोजन अनुसारको तलबभत्ता पाउने गरी बजेट विनियोजन गरेको थियो। 

लामो समयदेखि सिनेटले गरेको निर्णय कार्यान्वयन नभएपछि शिक्षक कर्मचारी आन्दोलित बनेका हुन्। समयमै तलबभत्ता उपलब्ध गराउन माग गर्दै २०७६ जेठ ३ गते प्राध्यापक संघ एकाई समितिका सभापति र क्याम्पस प्रमुखले विश्वविद्यालयका उपकुलपति प्रा. डा. पूर्णबहादुर चन्दलगायतको ध्यानाकर्षण गराएका थिए।

उपकुलपति चन्दले बजेट अभावका कारण समायोजन अनुसारको तलबभत्ता उपलब्ध गराउन नसकिएको बताए। उनले सिनेटले विनियोजन गरेको बजेट अनुसार तलबभत्ता निकासा नहुँदा समस्या भएको बताए। 

‘हामीलाई १० देखि १२ करोड आवश्यक छ तर माघ महिनामा ५ करोड २ लाख बजेट निकासा भएको छ’, उनले भने, ‘अहिले आधारभूत (बेसिक) तलब खाने गरी बजेट उपलब्ध गराइएको छ।’ तर, प्राध्यापक संघले बेसिक तलब भन्दा बजेटले पुग्ने गरी समायोजन अनुसारको तलबभत्ता खुवाउन विश्वविद्यालय तयार नभएको आरोप लगाउँदै आएको छ। 

सुदूरपश्चिम विश्वविद्यालयमा सुदूरपश्चिम प्रदेशका १४ वटा क्याम्पस आवद्ध छन्। २०७४ पुष २९ गतेको सिनेट बैठकबाट समायोजन कार्यविधि बनेपछि २०७५ वैशाख ३१ गते १४ क्याम्पस र विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

सुदूरपश्चिम विश्वविद्यालयमा झण्डै १२ हजार विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीको चापका हिसाबले त्रिभुवन विश्वविद्यालय पछिको दोस्रो ठूलो विश्वविद्यालय हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।