धनगढी – धनगढीबाट कक्षा ११ को परिक्षा दिने ६ जना नक्कली परिक्षार्थीलाई पक्राउ गरिएको छ। धनगढीको शारदा माविमा ११ को परिक्षा दिईरहेका ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
तीन जना नक्कली परिक्षार्थी र अन्य तीन जना नक्कली परिक्षार्थीलाई परिक्षा दिन लगाउने गरि ६ जनालाई पक्राउ गरिएको उनले बताए। म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४