शनिबार, वैशाख ८, २०८१

नयाँ सृजना लिएर शान्ति ठटाल पलेँटीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’ मा दार्जिलिङ र सिक्किमको संगम हुने भएको छ। यसका निम्ति दार्जिलिङबाट संगीतकार शान्ति ठटाल आफ्नो टीमका साथ काठमाडौं आइपुगेकी छिन्। उनले गान्तोकका आफ्ना दुई गायिका बिमला सेन्चुरी प्रधान र अंजली प्रधानलाई साथमा ल्याएकी छिन्।

शान्ति ठटाल नेपाली संगीतका सबै विधामा क्रियाशील सफल संगीतकार हुन्। उनले फुटकर गीत बाहेक काव्य-संगीत अथवा क्यान्टटा, गीति नाटक, चलचित्र लगायत विविध विधामा सफलता प्राप्त गरेकी छिन्। शान्ति ठटालका साथमा पलेँटीमा सहभागी हुन आएका बिमला सेन्चुरी प्रधान र अंजली प्रधान संगीतकार शान्ति ठालकै सानिध्यमा रहेर निखारिएका कण्ठ सिल्पी हुन्। बिमला सेन्चुरीले गाएको चलचित्र ‘बाँच्न चाहनेहरू’  का गीत ‘नयाँ नयाँ घामको किरण’  र ‘मिठो मिठो तिम्रो साथ मिठो’  सर्वकालिक गीतहरूको पङ्तिमा पर्दछन्। ठटालकै संगीतका ती गीत अहिले सुन्दा पनि उत्तिकै आकर्षक र मनमोहक छन्।

सन् २००५ मा थालिएको पलेँटीको मञ्चमा शान्ति ठटालले यस अघि पनि बेलाबखत आफ्ना सृजना प्रस्तुत गर्दै आएकी छिन्। उनले सन् २००६ को पलेँटी मार्फत् आफ्नो जीवनकै पहिलो एकल गायन प्रस्तुत गरेकी थिइन्। पलेँटीले नेपाली आधुनिक संगीतमा चर्चित र लोकप्रिय रहेर पनि दर्शक, श्रोता सामु एकल प्रस्तुति गर्ने मौका नजुरेका र ओझेलमा रहेका कलाकारहरूलाई प्रस्तुत गर्दै आएको छ। 

‘पलेँटी मार्फत् शान्ति दिदीसँग संगत गर्न पाउनु संगीत महाविद्यालयमा पढ्नु जत्तिकै हो। उनको सृजनशीलताले सँधै क्रियाशील हुन प्रेरित गर्छ। आठ दशक पार गरिसकेकी भएको शान्ति दीदिको सृजनात्मक सक्रियता देख्दा साँच्चै लोभ लाग्छ,’ पलेँटी संयोजक आभासले भने।

यही महिनाको १७ गते सुरु हुने शान्ति ठटालसँगको पलेँटी ३ दिनसम्म चल्ने छ। पलेँटी शान्ति ठटालसँगको सांगीतिक यात्रामा आधारित हुनेछ। कार्यक्रमलाई पलेँटीको शुरुवातदेखि नै संचालन गर्दै आएका संगीतकर्मी आभासले शान्ति ठटालसँगको संगतका सन्दर्भसहित आफ्ना सम्झना सुनाउँदै ठटालसँग अन्तर सम्वाद पनि गर्नेछन्।

‘मैले शान्ति दीदिलाई सन् १९९४ मा पहिलोखेप भेटेको हुँ। त्यसयता कैयौं खेप उहाँसँग सांगीतिक, साहित्यिक र सामाजिक विषयमा विचार विमर्श भए। उनमा मैले कहिल्यै नकारात्मक सोचको झल्कोसमेत पाएको छैन। त्यही सकारात्मक भावको आभा यसपालीको पलेँटीमा पनि फैलने छ।' शान्ति ठटाल बारे आभासको थप टिप्पणी थियो।
 
पलेँटीका लागि गीत छनोट गरिरहेकी संगीतकार ठटाललाई यसपालीको आगमनका बारे सोध्दा भनिन्, ‘म यसभन्दा पहिले पनि धेरै पटक पलेँटी कार्यक्रममा संलग्न भइसकेकी हुँ। तर म जति पटक यहाँ आउँछु हरेकखेप नयाँ सांगीतिक उर्जा भेट्छु। आफ्नो उमेर पनि बिर्सन्छु। जाँगर बढ्छ। पलेँटी त मलाई आफ्नै घरको बैठक जस्तो पो लाग्छ।' आफ्ना धुनहरू गुनगुनाइरहेका दुई गायिकातिर हेर्दै ठटाल थप टिप्पणी गर्छिन्,  ‘झन् यसपाली त मेरा दुई छोरी जस्ता गायिका साथमा आएका छन्। यिनको मप्रतिको माया र संगीतप्रतिको मोहले मलाई झन् उत्साही बनाएको छ।‘

शान्ति ठटालको छेउमै गीतको डायरी लिएर बसेकी गायिका बिमला सेन्चुरी मुसुक्क हाँस्दै भन्छिन्, ‘शान्ति दीदिसँग सांगितिक संगत गर्न नपाएको लामो समय भएको थियो। पलेँटीले यति सुन्दर मौका जुराइदियो। सारा घरेलु  नियमितताबाट टाढा रहेर संगीतमा रमाउन पाउँदा खुशीको सीमा नै छैन। ‘अर्की हँसिली गायिका अंजली प्रधान बिमलाको कुराले उत्साहित हुँदै भन्छिन्, ‘यो त जीवनकै अद्भूत अनुभव हो। यसरी शान्ति आन्टीसँग हरदम संगीतकै बारेमा कुराकानी गर्दै गाउँदै बस्न पाउनु हाम्रो अहोभाग्य हो। हामी कति भाग्यमानी!’ शान्ति दिदीतिर हेर्दै अंजली मुस्काउछिन्।

कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा आयोजना हुने पलेँटीमा शान्ति ठटाल र उनको टीमलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिनेछन्।

सुरुमा अँग्रेजी महिनाको अन्तिम शुक्रबार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम केही महिनादेखि महिनाको अन्तिम सप्तान्त शुक्रबार, शनिबार र आइतबार गरी तीन दिन संचालन हुँदै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।