शुक्रबार, वैशाख ७, २०८१

'जनताले सरकारको विकल्प खोज्‍न थालिसके'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी - नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले वर्तमान सरकारको विकल्प खोज्न थालिसकेको बताएका छन्। नेपाल प्रेस युनियन कैलालीले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए।

"दुईतिहाईको सरकारले जनतालाई सन्तुष्टि दिन सकेन", उनले भने, "त्यहि भएर जनता सरकारको विकल्प खोज्न थालेका छन्।" सरकारले जनतालाई आश्वासन धेरै बाडेको भन्दै पौडेलले त्यो अनुरुप काम भने कत्ति पनि गर्न नसकेको बताए। सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै पौडेलले शुशासन र शान्तिसुरक्षा कायम गर्नमा सरकार पूर्णरुपमा असफल भएको बताए। 

सरकारका असफलताहरु मिडियामा छर्लंगरुपमा आउन थालेकाले मिडियालाई नियन्त्रण गर्ने नीति सरकारले लिएको भन्दै पौडेलले कांग्रेसले कुनै पनि हालतमा मिडिया काउन्सिल विधेयक पास गर्न नदिने दाबी गरे। कांग्रेस चाडै नै प्रादेशिक संरचनामा जाने बताउँदै उनले समयमै नयाँ अधिवेशन गरेर पार्टीलाई तन्दुरुस्त बनाउन जरुरी रहेको ‌‌‌औंल्याए। 

जागरण अभियानले पार्टीमा जागरुकता ल्याएको उनको भनाइ छ। बरिष्ठ नेता पौडेल पार्टी जागरण अभियानका शिलशिलामा सुदूरपश्चिमका विभिन्न ६ जिल्लाका कार्यक्रममा सहभागी हुने सो पार्टीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।