काठमाडौं– नेपाली कांग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीको स्मृतिमा सोमबार राजधानीमा गाईजात्रा निकालिएको छ। जोशीको आत्माको शान्तिका लागि काठमाडौं उपत्यकाको विशेष धार्मिक सांस्कृतिक पर्व मनाइएको हो। कांग्रेस नेता एवं पूर्वमन्त्री जोशीको मस्तिष्कघातका कारण गत चैत १३ गते भएको थियो।
पूर्व उद्योगमन्त्रीसमेत रहेका नेता जोशी काठमाडौंमा लोकप्रिय नेता थिए । ५७ वर्षीय जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो।