एजेन्सी- युरोपा लिगको फाइनल खेलमा दुई इंग्लिस क्लब आर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्दै छन् । उपाधिका लागि दुबै टोली बाकु ओलम्पिक स्टेडियममा मे २९ तारिख राती १२:४५ बजे भिड्न लागेका हुन् ।
तर, धेरै जसो फुटबल प्रेमीहरुलाई युरोपा लिगो विजेताले पाउने पुरस्कार राशी कती भन्ने जिज्ञासा हुने गर्द छ । युइएफए लिगमा सहभागीता जनाएबापत मात्र सबै क्लबले २.९२ मिलियन युरो प्राप्त गर्दछन् । त्यस्तै समूह चरणको खेलेमा विजेताले ५ लाख ७० हजार युरो प्राप्त गर्दा बराबरी खेले १ लाख ९० हजार प्राप्त गर्दछन् ।
समूह चरणको विजेता टोलीले १ मिलियन युरो प्राप्त गर्दा उपविजेताले भने ५ लाख युरो प्राप्त गर्दछन् । शीर्ष १६ मा पुग्ने टोलीले १.१ मिलियन युरो प्राप्त गर्दा क्वाटरफाइनलमा पुग्ने टोलीले १.५ मिलियन युरो प्राप्त गर्दछ ।
त्यस्तै सेमिफाइनलमा पुगेबापत मात्र टोलीले २.४ मिलियन युरो प्राप्त गर्दछन्े भने फाइनल पुग्ने टोलीले ४.५ मिलियन युरो प्राप्त गर्दछन् । फाइनल खेलेमा लिगको विजेताले भने ४ मिलियन युरो प्राप्त गर्दछन् । त्यसैले तपाइले पनि अनुमान गर्न सकिन्छ की युरोपा लिगको विजेताले कती मानउछ भनेर ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४