बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • विधेयकको विरोध गर्दै प्रदेशसभा भवन अगाडी सञ्चारकर्मीको प्रर्दशन

विधेयकको विरोध गर्दै प्रदेशसभा भवन अगाडी सञ्चारकर्मीको प्रर्दशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – प्रदेश सरकारले ल्याएको प्रदेश सञ्चार विधेयकको विरोध गर्दै प्रदेश २ का सञ्चारकर्मीहरुले प्रदेशसभा घेराउ गरेका छन्। स्वतन्त्र पत्रिकारितमाथि हस्तक्षेप गर्ने गरी ल्याइएको विधेयक खारेजीको माग राख्दै सञ्चारकर्मीहरुले सोमबार प्रदेशसभा घेराउ गरेका हुन्।

नेपाल पत्रकार महासंघ प्रदेश २ समितिका अध्यक्ष दीपेन्द्र चौहानको नेतृत्वमा पुगेका सञ्चारकर्मीहरुले प्रदेशसभा भवनअगाडी धर्ना बसेर विधेयक खारिजगर्न नाराबाजीसमेत गरेका थिए।
विधेयकप्रति आपत्ति जनाउँदै सञ्चारकर्मीहरुले दिएको दबाबका कारण प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले ५० हजारदेखि १ करोडसम्मको जरिवानासम्बन्धी प्रावधान संशोधन गर्ने प्रतिवद्धता जनाएपनि विधेकका कतिपय बुँदाहरु आपत्तिजनक रहेको महासंघको ठहर छ।

प्रदेशको छुट्टै सार्वभौमिकताको शब्दाबली प्रयोग गरेर अलग मुलुकको झल्को दिएको, सजाय कसुरजस्ता प्रावधान राखेर समानान्तर अदालतको व्यवस्था गरी प्राधिकरण गठन गर्ने जस्ता व्यवस्था रहेकोलेल विधेयक खारिज गर्न महासंघका प्रदेश २ अध्यक्ष चौहानले माग गरे।

यसैगरी महासंघको प्रदेश समितिले प्रदेश सभामुख सरोजकुमार यादव, प्रमुख प्रतिपक्षी दलका नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव, समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्र यादव र राजपा नेपालाक प्रमुख सचेतक परमेश्व साहलाई विधेयक खारिजीको माग राख्दै ज्ञापन पत्रसमेत बुझाएको छ।
‘राज्यले दिने सेवा सुविधा रोक्का गरेर नैतिक कारबाही गर्ने अधिकार प्रेस काउन्सिलमा निहीत रहेपनि प्रदेश सरकारले प्रस्तुत गरेको विधेयकले समानान्तर अदालतको रुपमा आमसञ्चार प्रतिष्ठान निर्माण गर्न खोजेको,’ महासंघले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ। 

सरकारले प्रदेशसभामा प्रस्तुत गरेको विधेयकले कानूनी व्यवस्थाको खिल्ली उडाएको, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने स्वार्थ लुकेको ज्ञापन पत्रमा भनिएको छ। 

विधेयकको धारा १६ मा ‘प्राधिकरणको कार्यालय काठमाण्डौं उपत्यकामा रहने छ’ भन्ने व्यवस्थाले पनि प्रदेश सरकार बौद्धिक बिलासमा मग्न रहेको प्रष्ट भएको महासंघले आरोप लगाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।