बिहीबार, वैशाख १३, २०८१

सन्‍नीका लागि पोर्न मुभी कमेडी ‘कोका कोला’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
मुम्बई – सन्‍नी लियोनले २०१२ मा पोर्न इन्डस्ट्रीबाट बलिउड इन्ट्री गरेकी हुन्। पोर्न इन्डस्ट्रीबाट आए पनि सन्नीले कडा मेहेनत गरेर बलिउडमा आफ्नो स्थान बनाइसकेकी छन्। उनको यसै वर्ष फिल्म ‘जिस्म–२’ रिलिज भएको छ।

बलिउडमा सफलता हासिल गरिरहेकी भए पनि सन्‍नीलाई एउटा कुराले भने सधैं पिरोल्ने गरेको छ। त्यो उनको अतीतसँग जोडिएको विषय हो। हालै लिइएको एउटा अन्तरवार्ताका क्रममा सन्नीलाई तपाईंलाई पुरानो जिन्दगीसँग जोडेर अहिले पनि गरिन्छ भन्ने प्रश्नमा उनले यसरी उत्तर दिएकी छन्, ‘मैले अहिले मेरा केही साथीसँग मिलेर आफ्ना लागि केही स्थान बनाएकी छु। म धेरै बाहिर जाँदैन भने पार्टी पनि गर्दैन। त्यसैले मेरा साथी पनि थोरै छन्।’

उनले अगाडि भनेकी छन्, ‘मलाई थाहा छैन । मान्छेहरू पुरानै चिजलाई लिएर मप्रतिको धारणा त्यही बनाउँछन् या फरक। जे भए पनि म पहिले पनि जीवनसँग खुसी थिएँ र अहिले पनि खुसी नै छु। मेरो जिन्दगीप्रति कुनै गुनासो छैन। मलाई आफ्ना सन्तान देख्दा जीवनकै सबैभन्दा आनन्द लाग्छ।’ उनले विगतको कुराबाट पश्चात्तापमा पर्न नहुने बताइन् । सन्नीले आफ्नो पोर्न यात्राप्रति कुनै गुनासो र अपसोच नरहेको प्रतिक्रिया दिएकी थिइन्।

उनले आफ्नो सात वर्षे बलिउड करियरमा ‘रागिनीएमएमएस २’, ‘कुछ कुछलोचा है’, ‘एक पहेलीलीला’, ‘वन नाइट स्टैन्ड’ र ‘मस्तीजादे’ जस्ता फिल्ममा अभियन गरेकी छन्। अब सन्नीका लागि पोर्न मुभी कमेडी ‘कोकाकोला’ बनिसकेको छ। यसका अलावा सन्नी चाँडै मलयालम फिल्म ‘रंगीला’ मा पनि देखिने भएकी छिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्