बिहीबार, वैशाख १३, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज जेठ ५ गते आइतबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

पूर्वराजपरिवार किन गयो थाइल्यान्ड?

पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्डतर्फ लागेका छन्। आज दिउँसो १ बजे परिवारसहित उनी थाइल्यान्ड गएका हुन्। नातिनी पूर्णिकाको दीक्षान्त समारोहमा सहभागी हुन पूर्वराजा शाह थाइल्यान्ड गएको उनको सचिवालयले जनाएको छ। 

‘प्रधानमन्त्री रोजगार’ कार्यक्रमको समझदारीपत्रमा हस्ताक्षर

‘प्रधानमन्त्री रोजगार’ कार्यक्रम अन्तर्गत सञ्चालन हुने कार्यक्रमको समझदारी पत्रमा हस्ताक्षर भएको छ। ‘प्रधानमन्त्री रोजगार’ कार्यक्रम अन्तर्गत संघीय, प्रदेश र स्थानीय तहमार्फत सञ्चालन हुने कार्यक्रमका लागि आइतबार जनकपुरमा त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो।

नर्सको आन्दोलनप्रति कांग्रेसको ध्यानाकर्षण

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नर्सहरुले आफ्नो पेशागत हकहितको माग राखी शुरु गरेको सङ्घर्षका कार्यक्रमप्रति राज्यले उदासीनता देखाएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

'ठगी गर्ने भारतीय कसैको दबाबमा छुट्दैनन्'

काठमाडौंको याक एन्ड यती होटलमा बसेर गैरकानुनी रुपमा नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेका १२ भारतीयलाई जस्तोसुकै दबाब आए पनि मुक्त नगर्ने दाबी प्रहरीले गरेको छ।

पत्रकार महासंघले घोषणा गर्यो दोस्रो चरणको आन्दोलन

मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। 

मोटरसाइकलमा पछाडि बस्नेले हेलमेट लगाउनुपर्ने

 मोटरसाइकलमा पछाडि बस्नेले अब अनिवार्य रुपमा हेलमेट लगाउनुपर्ने व्यवस्था सहितको कानुन लागु हुने लागेको छ। महानगरीय ट्राफिक महाशाखाले आइतबार प्रत्रकार सम्मेलन गर्दै मोटरसाइकलको पछाडि बस्ने व्यक्तिले पनि हेलमेट अनिवार्य लागाउनुपर्ने व्यवस्था लागू गर्न लागिएको जनाएको छ। 

भिसी विजेता जीवित एक्ला लिम्बुको कथा

दमक ६ स्थित पूर्वबेलायती गोर्खा सैनिक रामबहादुर लिम्बुको निजी निवासको बैठककोठा भित्तामा एउटा पोस्टर छ। पोस्टरको तल्लो भागमा लेखिएको छ : ‘कायर हुनुभन्दा मर्नु राम्रो हो।’ भिक्टोरिया क्रस पाएका बेलायती गोर्खाहरुको तस्बिरको पोस्टरमा लेखिएको कुरा कुनै एक तस्बिरका लागि राखिएको क्याप्सन मात्रै हैन। यो त भिक्टोरिया क्रस पाएका रामबहादुर लिम्बुको ‘युद्धमन्त्र’ हो। 

बालक्लबमा सक्रिय सदस्यकै बालविवाह

कैलालीको टीकापुर– ८ स्थित लालीगुरास बालक्लबमा सक्रिय एक १४ वर्षीया किशोरीको विवाह भयो। क्लबकै सदस्यले बालविवाह गरेपछि क्लबमा खैलाबैला भयो। बालबालिका र किशोर किशोरीमा आइपर्ने समस्या समाधान र उनीहरुको विकासका लागि गठन भएको क्लबकै सदस्यले बालविवाह गरेपछि क्लबमा निकै तनाव भयो। क्लबका अध्यक्ष महेश साउदले भने, ‘हामीले उनलाई निकै सम्झायौँ  तर उनले अब माइतीघर फर्कन नसक्ने बताइन्’, उनले भनिन्, ‘उनका श्रीमान् पनि किशोर नै भएकाले हामीले सम्झाए पनि  उनीहरुले मानेनन्।’ बालविवाह गरेपछि क्लबले उनलाई नत क्लबमा आउने वातावरण बनाउन सक्यो न त उनी विद्यालय नियमित जाने वातावरण बन्यो। ‘उनलाई क्लबमा बोलाइए अन्य साथीले पनि सिको गर्लान्की भन्ने डर लाग्यो।’ 

गर्मीयाममा नेपाल आउने चराको सङ्ख्या बढ्यो

गर्मीयाममा बच्चा कोरल्न नेपाल आउने चराको सङ्ख्या वृद्धि भएको छ। चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका सामुदायिक वनमा गरिएको गणना र अवलोकनबाट चराको सङ्ख्या बढेको पाइएको हो।

अध्यक्षहरूले गृहकार्य गर्न नसक्दा नेकपा बैठक स्थगित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को सचिवालय बैठक स्थगित भएको छ। पोलिटब्यूरो तथा केन्द्रीय विभागहरूको टुँगो लगाउने विषयमा आइतबार बैठक बोलाइएको थियो।

जीप दुर्घटनामा तीनको ज्यान गयो

 बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा परी तीन यात्रु घाइते भएका छन्। देहीमाण्डौंबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप दशरथचन्द नगरपालिका–११ नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको हो। 

राजपाले हटायो अध्यक्ष मण्डलीय प्रणाली

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले विधानबाट अध्यक्ष मण्डलीय प्रणाली हटाएको छ। अब राजपा एक अध्यक्षीय प्रणालीमा जाने भएको छ। राजपा अध्यक्ष मण्डलको बैठकले पार्टी विधानमा संशोधन गर्ने निर्णय गरी अध्यक्ष मण्डलीय प्रणाली हटाएको हो। बिहीबार सुरु भएको राजपा अध्यक्ष मण्डलको बैठक आइतबार सकिएको छ।

ढाडै सेक्ने तरकारी भाउ, गोलभेडा  किलोको १८० 

उपभोक्ताको मागअनुसारको उत्पादन नभएपछि धनगढीमा तरकारीको मूल्य आकासिएको छ। तरकारीको मूल्य अत्यधिक बढेपछि सबैभन्दा बढी गरिखाने वर्ग समस्यामा परेका छन्। सबैभन्दा बढी गोलभेडाको भाउ बढेर १ सय ८० रुपैयाँ किलो पुगेको छ। 

पर्सामा फेरी मौलायो गाँजा तस्करी, यसरी चल्छ सेटिङ

मकवानपुरमा उत्पादन गरिएको गाँजा र चरेश अवैधरुपमा भण्डारण र ओसारपसार गर्ने कार्यमा तस्कर समूह पुनः सकृय भएका छन् । भारतीय बजारमा महँगो मूल्यमा बिक्री हुने भएकोले अवैध कमाईको लोभमा तस्करीमा संलग्नको ठूलो समूह रहेको छ ।

के गर्दै छन् डा. सीके राउत ?

फागुन २४ गते सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरी देश विखण्डको मुद्दा त्यागेर मूलधारको राजनीतिमा प्रवेश गरेका डा. सीके राउत अहिले के गर्दैछन् त ? सहमतिपछि फाटफुट कार्यक्रममा सहभागी हुन थालेका राउतको आगामी रणनीति के छ भन्नेबारे धेरैको जिज्ञासा छ।

जीपको ठक्करबाट सर्लाहीमा बाबु-छोराको मृत्यु

नवलपुर सडकखण्डको हरिपुर–४ हरैया चोकमा जीपको ठक्करबाट बाबु–छोराको मृत्यु भएको छ । 

भारतमा आज अन्तिम चरणको मतदान हुँदै : नतिजा मे २३ मा 

भारतमा जारी लोकसभा निर्वाचनअन्तर्गत आइतबार (आज) अन्तिम चरणको मतदान सुरु भएको छ । अन्ति

रोनाल्डोलाई ‘प्लेयर अफ द सिजन’ अवार्ड

यसै सिजनको सुरुवातमा स्पेनिस ला लिगा क्लब रियल मड्रिडबाट इटालियन सिरी ए क्लब युभेन्टस पुगेका पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले सिरी ए को ‘प्लेयर अफ द सिजन’ बनेका छन् । 

नेकपा सचिवालय बैठक बस्दै : यस्ता छन् छलफलका एजेन्डा

पार्टी एकताको कामलाई अन्तिम टुङ्गो लगाउन आज नेकपाको सचिवालय बैठक बस्ने भएको छ । 

काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो, ५ जनाको मृत्यु

काकडभिट्टाबाट काठमाडौं आउदै गरेको यात्रुवाहक बस त्रिशुली नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ । 

एमबाप्पेको दुई गोलमा पिएसजि विजयी

पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा डिजोनमाथी फराकिलो जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा पिएसजीले डिजोनलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो । 

चोपेन्द्रको प्रेममा सुरबिना

हरेक दिन नयाँ गीत संगीत र नयाँ अनुहार नेपाली म्युजिक र मुभी इन्ड्रस्ट्रीमा भित्रिरहेका छन। म्युजिक, मोडिलिङ र मुभीमा केहि गर्ने रहर, सपना बोकेर आउनेहरुले नयाँ टेस्टका गीत र भिडियो डिजिटल बजारमा सार्वजनिक गरिरहेका छ्न्। 

कारबाही सिफारिसमा परेका न्यायाधीश उपाध्यायले दिए राजीनामा

न्यायपरिषदको छानबिन नक्कली शैक्षिक प्रमाणपत्र भएको भन्दै कारबाही सिफारिसमा परेपछि जिल्ला न्यायाधीश ओमकार उपाध्यायले राजीनामा दिएका छन्। उपाध्यायले कायममुकायम प्रधानन्यायाधीश दीपक कार्की सामु राजीनामा बुझाएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।