शनिबार, वैशाख ८, २०८१

पत्रकार महासंघले घोषणा गर्यो दोस्रो चरणको आन्दोलन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। 

आइतबार महासंघको केन्द्रीय समितिको बैठकले दोस्रो चरणका आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। नेपाल सरकार मन्त्रिपरिषद्बाट पारित भई संसदमा बैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधानहरुको विरोधमा महासंघले पहिलो चरणको आन्दोलन गरिसकेको छ। 

पहिलो चरणको आन्दोलन हुँदासमेत सरकारले महासंघको माग सम्बोधन गर्न गम्भीर नभएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गर्नु परेको महासंघले जनाएको छ। 

विरोधका कार्यक्रम अनुसार जेठ ६ र ७ गते महासंघले आफ्ना पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श गर्नेछ भने जेठ ८ गते संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउनेछ।

महासंघका अनुसार जेठ ९ देखि १२ गतेसम्म सञ्चारमाध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने, जेठ १३ र १४ गते  सांसदहरुसँग भेट गरी छलफल गर्ने कार्यक्रम रहेको छ। जेठ १६ र १७ गते प्रेस स्वतन्त्रता सेनानीको ऐक्यवद्धता, जेठ १८ देखि २० गतेसम्म – महासंघको प्रतिष्ठान शाखा र एसोसिएटहरुको आयोजनामा उक्त विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल कार्यक्रम चलाउने निर्णय महासंघले गरेको छ।

जेठ २१ र २२ गते महासंघका जिल्ला शाखाहरुले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने, जेठ २३ र २४ गते केन्द्रमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्नेछ।

जेठ २५ गते अपरान्ह ३ बजे बानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने र काठमाडौं उपत्यका बाहिर प्रदेश राजधानी रहेको स्थानमा सोही खालको प्रदर्शन गर्ने तयारी महासंघले गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।