बुधबार, वैशाख १२, २०८१

राउतका कार्यकर्ताले घेरे मुख्यमन्त्री कार्यालय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गरेका छन्। स्वतन्त्र पत्रकारितमाथि अंकुश लगाउने गरी प्रदेश सरकारले ल्याएको सञ्चार विधेयकको विरोध गर्दै उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गरेका हुन्।

जनकपुर उद्योग वाणिज्य संघबाट नारा जुलससहित निस्केको जनमत पार्टीको र्‍याली मुख्यमन्त्री कार्यालय नजिक पुगेर केहिबेर सञ्चार विधेयक र प्रदेश सरकारको विरोधमा नाराबाजी गरेको थियो। प्रदेश सरकारले आफुले गर्ने भ्रष्टाचार लुकाउन सञ्चारकर्मीहरु माथि अंकुश लगाउन १ करोडसम्म जरिवाना हुनेगरी विधेयक ल्याएको उनीहरुको भनाई छ।

'जनप्रतिनिधिहरु छोटे राजा बने'

यसैबीच जनमत पार्टीका अध्यक्ष सिके राउतले अहिलेका जनप्रतिनिधिहरु छोटे राजा बनेको दाबी गरेका छन्। बुद्ध जयन्तीको अवसर पारेर शनिबार जनकपुरमा आयोजित राजनैतिक तथा सामाजिक परिवर्तनमा युवा एवं विद्यार्थी नेतृत्वको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राउतले यस्तो बताएका हुन्।

राउतले जनप्रतिनिधिहरु शोषण, दमन र भ्रष्टाचारमा लिप्त भएर छोटे राजा बनिरहेको आरोप लगाए। जनप्रतिनिधिहरुले नै भ्रष्टाचार गर्न कर्मचारीहरु माथि दबाब दिने गरेको राउतको दाबी छ। मासु बाँडेर चुनाव जितेकाहरु अहिले पैसा छाप्न व्यस्त रहेको भन्दै राजनीतिमा योग्य व्यक्ति आउन नसक्दा भ्रष्टाचार हावी भएको उनले बताए। तर, नेतामात्रै दोषी नभएर जनतासमेत दोषी रहेको राउतले बताए।

प्रदेश सरकारप्रति आक्रोशित देखिएका राउत ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान देखबामात्र रहेको बताए। ‘प्रदेश सरकारको यो अभियान देखबामात्र हो,’ राउतले भने, ‘वास्तवमै सरकारले यस्तो अभियान चलाएको हो भने प्रदेश २ का १ लाख ९० हजार बालबालिका किन विद्यालय पुग्न सकेको छैन्।’

संघीय सरकारको मिडिया काउन्सिल र प्रदेश सरकारले ल्याएको सञ्चार विधेयकप्रति समेत राउतले आक्रोश पोखेका छन्। दुबै सरकारले ल्याएको विधेयक स्वतन्त्रता विरोधी रहेको भन्दै उनले फिर्ता गर्न माग गरेका छन्।

‘सञ्चारकर्मीहरुको सबालमा संघभन्दा बढी खतरनाक प्रदेश सरकार देखिएको छ,’ राउतले भने, ‘पत्रकारले स्वतन्त्रतापूर्वक लेखे भ्रष्टाचार गर्न समस्या हुनेभएकोले १ करोड जरिवानाको प्रावधान राखेर प्रदेश सरकारले यस्तो विधेयक ल्याएको छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।