बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘बुद्ध शिक्षा संस्थागत रुपमा अन्तर्राष्ट्रिय करण हुँदै'

‘बुद्ध शिक्षा संस्थागत रुपमा अन्तर्राष्ट्रिय करण हुँदै'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा – राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार २५६३ औं बुद्ध जयन्ती, लुम्बिनी दिवस र लुम्बिनी भ्रमण वर्षको कार्यक्रमलाई सम्बोधन गर्दै बुद्ध शिक्षा संस्थागत रुपमा अन्तर्राष्ट्रियकरण भइरहेको बताएकी छन्। 

राष्ट्रपति भण्डारीले भनिन, ‘बुद्ध शिक्षाहरु संस्थागत रुपमा अन्तर्राष्ट्रियकरण भइरहेको छ। जसले अनुसाशीत नागरिक तयार गर्न भूमिका खेल्नेछ।’

राष्ट्रपति भण्डारीले बौद्ध साहित्यको चर्चा गर्दै बुद्ध परिपथ निर्माण र लुम्बिनी क्षेत्रलाई अन्य पर्यटन क्षेत्रसँग जोडेर विकास गर्नुपर्ने बताइन्। उनले लुम्बिनी गुरुयोजना समयमा छिटो पुरा गर्नुपर्नेमा जोड दिइन्।  उनले भनिन्, ‘एकिकृत लुम्बिनी विकास योजना कार्यन्वयन गर्न तथा गुरुयोजना समयमै सफलता पार्न सरकारको ध्यानकर्षणसमेत गराउँदछु।’

भण्डारीले पर्यटन मैत्री वातवरण आजको आवश्यक्ता भएको बताउँदै राष्ट्रसंघले घोषणा गरेको ‘बैशाख डे’ ले बुद्ध शिक्षालाई संसारमा फैलाउन मद्दत पु¥यााएको तर्क गरिन्।

समारोहमा प्रधानमन्त्री के.पी शर्मा ओलीले संसारमा बुद्ध शिक्षाको महत्व झनै बढ्दै गएको बताए। उनले भने, ‘दुनिया स्वार्थहरुको टकराव, हतियार निर्माण र व्यपारको होडबाट गुज्रीरहेको वर्तमान अवस्थामा बुद्ध शिक्षाको महत्व झनै बढेर गएको छ।’

प्रधानमन्त्री ओलिले लुम्बिनीको विकासकोलागि प्रोफेसर टांगेको योजना पुराभएपछि मूर्त रुप लिने बताए। ओलीले महामानब बुद्धलाई संसारले भगवान मानेको तर्क गर्दै सन् १९९९ मा संयुक्त राष्ट्रसंघले घोषणा गरेको ‘बैशाख डे’ संसार भर मनाउन थालिएकोमा खुसी व्यक्त गरे। उनले केही हप्ता अगाडी भियतनाममा १६ औं ‘बैशाख डे’ मनाएको चर्चासमेत गरे।

ओलीले बुद्ध शिक्षण संसारकैलागि महत्वपूर्ण भएको बताउँदै लुम्बिनीलाई आगमी दिनमा अझै महत्वका साथ सरकारले अगाडी बढाउने बताए।

उक्त कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी भ्रमण वर्षको घोषणासँगै लुम्बिनी क्षेत्रमा पर्यटनको सञ्चार भएको बताए। सो अवसरमा प्रदेश ५ का उद्योग बन बातवरण तथा पर्यटनमन्त्री लिला गिरीले मुलुकको विकास पर्यटन मार्फत नै सम्भब भएकोले लुम्बिनी भ्रमण वर्ष २०७६ ले स्वदेश तथा विदेशमा सन्देश प्रवाह गरेको बताए।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्ताले बुद्धले देखाएको बाटो नै सांसारिक समस्याको निकासको बाटो भएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।