शुक्रबार, वैशाख ७, २०८१

जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ   

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी - जबरजस्ती करणी गर्न खोजेको आरोपमा धनगढीमा एक जना पक्राउ परेका छन्। वडा प्रहरी कार्यालयले धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा शुक्रबार राती युवतीको कोठामै प्रवेश गरी जबरजस्ती करणी गर्न खोजेको आरोपमा डोटीको शिखर नगरपालिका ५ का ४५ वर्षीय धनकुमार जोशीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको छ।

वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक वकिल बहादुर सिंहले हसनपुरका स्थानीय दिपक मल्लको घरमा डेरा गरी बस्दै आएका जोशीले राती साढे १ बजेको समयमा २० वर्षीया युवतीको कोठामै प्रवेश गरी करणी गर्न खोजेको जाहेरीका आधारमा पक्राउ गरिएको जानकारी दिए। दुवै जना एउटै घरमा डेरा गरी बस्दै आएका थिए। घटनाको थप अनुसन्धान भइरहेको कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।