काठमाडौं - अज्ञात समूहले सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा शुक्रबार राति प्रेसर कुकर बम विष्फोट गराएको छ। अध्यक्ष गोइतको घरसँगैको प्रतिक्षालयमा बम विष्फोट गराइएको प्रहरी नायब उपरीक्षक भावेश रिमाललले जानकारी दिए।
बम विष्फोटनबाट प्रतिक्षालयमा रहेको टेबुल, कुर्सी र फर्निचर जलेर नष्ट हुनुकासाथै उनका काका श्याम गोइत घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
बम विष्फोटनबारे अनुसन्धान भइरहेको र बम विष्फोट गराउने समूह भारतीय सिमानाबाट भाग्न सक्ने भएकाले सो सिमानामा समेत प्रहरी परिचालन गरी खोजी कार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक रिमालले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४