शनिबार, वैशाख ८, २०८१

विश्वकपमा सर्वाधिक रन बनाउने पाँच खेलाडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
एजेन्सी- १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेट जुन ३० बाट इंग्ल्याण्डमा सुरु हुँदै छ । विश्वकप क्रिकेटको उद्घाटन खेलका आयोजक इंग्ल्याण्ड र दक्षिण अमेरीका खेल्दै छन् । तर, हाल सम्म एकदिवसीय विश्वकप क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी को होलान् त ? 

त्यो सबै खेल प्रेमी र समर्थकका लागि चासोकबो बिषय बन्ने गर्दछ । हाल सम्मको आंकडा हेर्ने हो भने विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीमा भारतीय पूर्ण ब्याट्सम्यान सचिन तेन्दुलकर रहेका छन् । हेरौ विश्वकपमा कसले कती रन बनाए ।

सचिन खेन्दुकर (भारत)

पूर्ण भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर एकदिवसीय विश्वकप क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको पहिलो स्थानमा छन् । सन् १९९२ मा पहिलो पटक एकदिवसीय विश्वकप क्रिकेट खेलेका सचिनले सन् २०११ को विश्वकप सम्म खेलेका थिए । २०११ मा भारतले दोस्रो पटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको थियो । 

यस दौरान सचिनले एकदिवसीय विश्वकप क्रिकेटमा ४५ खेल खेले । उनले ४५ खेल खेल्दा कुल २ हजार २ सय २८ रन बनाए । यसमा उनको ६ शतक र १५ अर्धसतक सम्मिलित छन् । सचिनको एकदिवसीय विश्वकप क्रिकेटको एक खेलमा सर्वाधिक रन १५२ रन रहेको छ ।

रिकी पोन्टिङ् (अष्ट्रेलिया)

अष्ट्रलियाका रिकी पोन्टिङ् एकदिवसीय विश्वकप क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा रहेका छन् । अष्ट्रेलियाका पूर्ण कप्तान समेत रहेका उनले एकदिवसीय विश्वकप क्रिकेटमा ४६ खेल खेलेका छन् । ४६ खेलमा १ हजार ७ सय ४३ रन बनाएका रिकीले ५ शतक र ६ अर्धशतक बनाए । उनको विश्वकपमा सर्वाधिक स्कोर १४० रहेको छ ।

कुमार संगकारा (श्रीलंका)

सन् २००३ देखी २०१५ सम्म श्रीलंकाका लागि एकदिवसीय विश्वकप क्रिकेट खेलेका कुमार सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो स्थानमा छन् । उनले एकदिवसीय विश्वकप क्रिकेटमा हाल सम्म ३७ खेल खेले । उनले १ हजार ५ सय ३२ रन जोड्दा ५ शतक र ७ अर्धसतक समेत बनाए । कुमारको एकदिवसीय विश्वकप क्रिकेटमा सर्वाधिक स्कोर १२४ रहेको छ । 

ब्रायन लारा (वेस्टइन्डिज)

वेस्टइन्डिजका ब्रायन लारा एकदिवसीय विश्वकप क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको चौंथो स्थानमा छन् । उनले वेस्टन्डिजका लागि १९९२ देखी २००७ सम्म ३४ एकदिवसीय विश्वकपका खेल खेले । लाराले ३४ खेलमा १ हजार २ सय २५ रन बनाए । राराको नाममा एकदिवसीय विश्वकप क्रिकेटमा २ शतक छन् र उनको सर्वाधिक स्कोर ११६ रहेको छ । 

एबी डेविलियर्स (दक्षिण अफ्रीका)

एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाका ब्याट्सम्यान एबी डेविलियर्स सर्वाधिन रन जोड्नेको पाँचौ स्थानतमा छन् । उनले २००७ को विश्वकप देखी २०१५ को विश्वकप सम्म दक्षिण अफ्रीकाका लागि खेले । उनले एकदिवसीय विश्वकप क्रिकेटमा १ हजार २ सय ७ बन बनाए । डेविलियर्सको नाममा ४ शतक र ६ अर्धशतक रहेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।