बिहीबार, वैशाख १३, २०८१

प्रचण्डको प्रश्‍नमा ओलीले भने- 'मदनको जबज पुरानो भयो '

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको विचार नै अन्तिम सत्य नभएको बताएका छन् । मदन आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले समय अनुसार परिमार्जन गर्दै जानु पर्नेमा जोड दिएका छन् । 

उनले घुमाउरो भाषामा मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जवज) पुरानो भएको र अब समय सान्दर्भिक नयाँ विचार अगाल्नु पर्ने संकेत गरे । पूर्व एमाले र पूर्व माओवादी एक भएको वर्ष दिनसमेत पुगेको सन्दर्भमा ओलीले नयाँ विचार धारा आगाल्नु पर्ने संकेत गरेका हुन् । 

कार्यक्रमलाई ओली अगाडी सम्बोधन गरेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीको विचारमात्र बोकेर बस्ने कि अघि बढ्ने भन्ने प्रश्न गरेका थिए । त्यसको जवाफमा ओलीले भने, ‘अध्यक्ष कमरेड प्रचण्डले भने जस्तै जबजलाई सुत्रको रुपमा घोक्ने, कण्ठ गर्ने वा मदनले हिजो जे भन्नुभयो, त्यहिमात्र अन्तिम होइन । हामी उहाँको विचारलाई मागर्दर्शक सिद्धान्तका रुपमा समायानुकुल ढंगले सिर्जनात्मक प्रयोग गर्छौं ।’

एक वर्ष लगाएर पार्टीको सांगठनिक एकता टुंग्याएसँगै नेकपामा वैचारिक बहस सुरु भएको छ । यहि सिद्धान्तलाई लिएर युवा संघको स्थापना दिवसको कार्यक्रममा प्रचण्ड र नेता इश्वर पोखरेलबीच जुहारी नै चलेको थियो । 

मेरो सरकार स्याल हुँइया मात्रै

यस्तै मदन आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सम्बोधनको विषयमा प्रतिपक्षी दल नेपाली कांग्रेस र बुद्धिजीवीले गरेको विरोधलाई स्याल हुँइयाको संज्ञा दिएका छन् । उनले सरकारको नीति तथा कार्यक्रममा आलोचना गर्ने ठाँउ नभेटेर सम्बोधनको विषयलाई उचालिएको आरोप लगाए । 

प्रधानमन्त्री ओलीले कांग्रेसले राष्ट्रपतिको नभएर गणतन्त्रको विरोध गरिरहेको पनि दाबी  गरे । सरकारको आलोचनाको नाममा अनुशासनहीन र अराजक समाज निर्माणको प्रयास भइरहेको उनको भनाइ थियो । 

ओलीले सरकार विकासको गतिमा अघि बढेको र भ्रष्टाचारविरुद्ध डटेर लागेको दावी गरे । उनले सरकारले गरेका राम्रा कामको प्रचार गर्न र सरकारको विरोध गर्नेहरुविरुद्ध डटेर लाग्न पनि कार्यकर्तालाई निर्देशन दिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।