बिहीबार, वैशाख ६, २०८१

आजबाट देशभरका हलमा 'वीरविक्रम-२' र 'जात्रैजात्रा'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- शुक्रबारबाट देशभरका हलमा दुई नेपाली फिल्म 'वीरविक्रम २' र 'जात्रैजात्रा' चल्ने भएका छन् । दुबै फिल्म अघिल्ला दुई फिल्म 'वीरविक्रम' र 'जात्रा'को सिक्वेल हुन् । 

'वीरविक्रम २'मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको फिल्म हो । यसमा दुई साथीको दोस्तीको कथा देखाइएको छ । फिल्ममा पल शाह, वर्षा शिवाकोटी र नाजिर हुसेनलाई मुख्य भूमिकामा देख्न सकिने छ ।

अपर्ण सापकोटा निर्माता रहेको फिल्ममा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बु, मनोज केसीलगायतका कलाकारहरूको पनिअभिनय छ । यो फिल्मको छायांकन मुस्ताङ, काठमाडौंसहित विदेशमा गरिएको छ । 

फिल्ममा सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व छ । प्रदीप भारद्वाजको पटकथा तथा संवाद छ । 

यस्तै फिल्म 'जात्रैजात्रा'को प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्ममा पैसासँगै सुनको पनि सम्बन्ध जोडेर देखाइएको बताइएको छ । 

फिल्मका निर्माता तथा कलाकार  रविन्द्र बानियाँका अनुसार फिल्मले सबैजसो मल्टिप्लेक्समा राम्रो शो पाएको छ । काठमाडौको जय नेपालमा ४, सिभिलमा ४, कुमारीमा ४ र छाया सेन्टरमा ३ र ललितपुरमा रहेको लबिम मलमा ४ शो पाएको छ ।

क्यूएफएक्स चेनको ५ पर्दामा मात्र फिल्मलाई १९ शोज दिइएको छ । यस्तै, चितवनको जलमा हलमा ३ शो, पोखराको सिनेप्लेक्समा ४ शो पाएको छ । काठमाडौंको बीग मुभिजले ४ शो दिएको छ । चलचित्रले ओपनिङ सुखद गर्ने अपेक्षा गरिएको छ ।

फिल्ममा बर्षा राउत, राजाराम पौडेल, दयाहाङ राई, सोहित मानन्धर, प्रकाश घिमिरे, कालु राना, अंशु महर्जन, कृष्णभक्त महर्जन, कविन्द्र त्रिपाठी, प्रेम पाण्डे, साजन थापा मगर र प्रियंका झालगायतकका कलाकारको पनि अभिनय छ । 

शिवराम श्रेष्ठको छायांकन रहेको फिल्ममा कालीप्रसाद बासकोटा र कृष्ण भारद्वाजको संगीत, शंकर महर्जनको द्वन्द्व,  कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन छ। फिल्ममा सिंगे लामा र यज्ञश्वर पौडेलको लगानी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्