बिहीबार, वैशाख १३, २०८१

अखबार : इजलासको गोलचक्करमा नागरिकता विवाद

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
 
आजको नागरिक दैनिकले नागरिकतासम्बन्धी विवाद सर्वोच्चको इजलासमा घुमिराखेको विषयलाई प्राथमिकताका साथ छापेको छ । संयुक्तबाट पूर्ण इजलासमा पुगेको रिट फेरि संयुक्तमै फर्किएको छ ।
 
सर्वोच्च अदालतले गृह मन्त्रालयको नागरिकतासम्बन्धी विवादित निर्णय संयुक्त इजलासबाट टुंग्याउन आदेश गरेको छ। यसअघि संयुक्त इजलासका तीनै न्यायाधीशले नागरिकतासम्बन्धी विवाद पूर्ण इजलासले टुंगो लगाउने आदेश गरेका थिए। बिहीबार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सुष्मलता माथेमा र कुमार रेग्मीको पूर्ण इजलासले ‘संयुक्त इजलासले टुंग्याउने’ आदेश गरेको समाचारमा जनाइएको छ ।

यसअघि वैशाख २४ मा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको संयुक्त इजलासले नागरिकताको विषय गम्भीर भएको भन्दै पूर्ण इजलासमा पेस हुने आदेश गरेको थियो। इजलासले जन्मका आधारमा वंशजको नागरिकता दिन भनी गृह मन्त्रालयले गत चैत १९ मा ७७ जिल्ला प्रशासन कार्यालयमा गरेको परिपत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

यस्तै आजको नागरिक दैनिकले जुम्लाका मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपनले ५९० रोपनी सरकारी जग्गा पत्नीलगायका नाममा पास गराएको विषयलाई मुख्य समाचार बनाएको छ ।  अहिले उनले अवकास पाएका छन् ।
 
त्यसैगरि नागरिकले विकास बजेटको रकमले संघीय संसद्ले गाडी किन्न लागेको विषयलाई पनि महत्वका साथ छापेको छ । अर्थ मन्त्रालयले विकास खर्चका लागि छुट्याएको ६ करोड १६ लाख रुपैयाँ गाडी खरिदका लागि रकमान्तर गरिदिएको हो ।
 
बजेट रकमान्तर भएपछि संसद् सचिवालयले ११ वटा स्कारपियो गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको समाचारमा उल्लेख छ । संसद् सचिवालयले बिहीबार सार्वजनिक सूचनामार्फत ३० दिने म्याद राखेर गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको हो। 

आजको कान्तिपुर दैनिकले भने त्रिवि सेवा आयोगले गरेको मनोमानीको विषयलाई मुख्य समाचार बनाएको छ । छोरी परिक्षार्थी, बाबु परीक्षक शीर्षकमा खबर लेखेको उसले त्रिवि सेवा आयोगको अन्तर्वार्ता भने स्थगित भएको उल्लेख गरेको छ। 

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा प्रक्रिया बिहीबार अवरुद्ध भएको हो । सेवा आयोगका पदेन सदस्यसमेत रहेका लोकसेवा आयोग सदस्य ब्रह्मदेव रायले परीक्षा प्रक्रिया स्वच्छ र मर्यादित नभएको भनी आपत्ति जनाउँदै परीक्षा प्रक्रियामा सामेल हुन नसक्ने जनाएका थिए । लगत्तै सेवा आयोगले विशेष सूचना निकालेर परीक्षा स्थगित गरेको हो ।
 
त्रिभुवन विश्वविद्यालयले गत वैशाख १४ गते उपप्रशासकदेखि सवारीचालक तहसम्मका विभिन्न पदमा लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको थियो । त्यस क्रममा सेवा आयोगका पदाधिकारीदेखि प्रशासकीय प्रमुखका नातेदार उत्तीर्ण भएका थिए ।

आजको नयाँ पत्रिकाले भने वर्षमा सवा लाख मजदुर जाने मलेसिया एक वर्षदेखि ठप्प शीर्षकमा मुख्य समाचार छापेको छ । मजदुरको पाँच अर्ब ठग्नेहरु अदालतबाट १० लाख धरौटीमा छुटेका छन् भने निर्दोष मजदुरको रोजगारी खोसिएको समाचारमा उल्लेख छ ।
 
अन्नपूर्ण पोस्ट्ले भने नेकपाको एकतालाई मुख्य समाचार बनाएको छ । एकता कता–कता शीर्षकमा खबर लेखेको उसले एकताका लागि कहिले कहिले के के भयो भन्ने विवरणसमेत छापेको छ । आजका अन्य पत्रपत्रिकाले पनि यो विषयलाई महत्वका साथ छापेका छन् । 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।