शनिबार, वैशाख ८, २०८१

इञ्जिनीयरकै प्रमाणपत्र नक्कली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – इञ्जिनीयरको नै शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली हुन्छ भन्ने पत्याउन आम मानिसलाई गाह्रो पर्छ। आमजनतालाई पत्याउन गाह्रो परेजस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा इञ्जिनीयरकै शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको तथ्य फेला परेको हो। 

बूढीगङ्गा गाउँपालिकाको कार्यालय हात्तीमुढा, मोरङका इञ्जिनीयर चन्द्रनारायण चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको आयोगले आरोप लगाएको छ। आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार इञ्जिनीयर चौधरीको प्रवेशिका तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको हो। 
 
सोही प्रमाणपत्रसमेत पेश गरी सरकारी सेवामा प्रवेश गरेको तथा बढुवासमेत भएको पाइएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ। आयोगले बिहीबार आरोपी चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।