बिहीबार, वैशाख १३, २०८१

नेकपा जनवर्गीय संगठनको भागबन्डा टुङ्गियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं  - शुक्रबार पार्टी एकता प्रक्रियालाई सम्पन्न गर्नका लागि नेकपाका नेताहरू बिहीबार दिनभरी छलफलमा जुटेका छन्। बिहीबार बिहानदेखि नै प्रधानमन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेललगायतका नेताहरू विभिन्‍न चरणमा छलफलमा जुटेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी पोलिटब्युरो सदस्यको नाम भने टुङ्गो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले १४७ सदस्यीय पोलिटब्युरो सदस्यको टुङ्गो लगाएको स्रोतले जनाएको छ। पोलिटब्युरो सदस्यमा पार्टी सचिवालय र स्थायी कमिटी सदस्य स्वतः पर्ने गरी बनाइएको छ।

बैठकले सबै जनवर्गीय सङ्गठनको एकतासमेत टुङ्गाएको छ। गत वर्ष जेठ ३ गते नेकपा(एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि यसअघि नै पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय सदस्य तथा प्रदेश कमिटी र जिल्ला कमिटी सदस्यको मात्र टुङ्गो लगाइएको छ। यसअघि इञ्जिनीयर, कानून व्यवसायी र निर्माण व्यवसायी सङ्गठनको एकता भइसके पनि अन्यको बाँकी रहेको थियो ।

टुंगो लागेको जनवर्गी संगठनको नेतृत्वमा युवामा रामप्रसाद सापकोटा ‘दिपशिखा’ रहेका छन्। ‘दिपशिखा’ तत्कालीन माओवादी निकट युवा संगठनका नेता हुन्। त्यस्तै, विद्यार्थी संगठनको नेतृत्व ऐन महरले पाएका छन्। महिला संगठनको नेतृत्व अमृता थापा र मजदुर संगठनको नेतृत्व विनोद श्रेष्ठ र पत्रकार संगठनको नेतृत्व महेश्वर दाहालले पाएका छन्। त्यसैगरी बुद्धिजिवीमा दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी उपसंयोजक रहने सहमति बनेको छ। देवकोटा तत्कालीन एमाले निकट र केसी तत्कालीन माओवादी निकट बुद्धिजिवी संगठनका नेता हुन्।

मदन भण्डारीको २५ औं स्मृती दिवस पारेर शुक्रबार पोलिटब्युरो सदस्यको नाम सार्वजनिक गर्ने तयारी छ। शुक्रबार बिहान मदनभण्डारीको सालिक रहेको तत्कालीन एमाले कार्यालय बल्खुमा कार्यक्रमको आायोजना गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।