शुक्रबार, वैशाख ७, २०८१

‘गलत काम गर्नेलाई छोडिन्न’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – प्रदेश २ का प्रहरी प्रमुख हरिबहादुर पालले गलत काम गर्नेलाई कुनै हालतमा नछोडिने बताएका छन्। समाज र राष्ट्रको लागि इमानदारीसाथ काम गर्न आफू तत्पर रहेको भन्दै डीआईजी पालले कानूनविपरित हुने कुनै काम सह्य नहुने स्पष्ट पारे।

जिल्ला प्रहरी कार्यालय धनुषाभित्र नवनिर्मित प्रहरी ब्यारेक भवनको बिहीबार उद्घाटन गदै पालले भने, ‘गलत काम गर्नेहरु बच्नेवाला छैनन्। म आफूपनि गलत काम गर्दिन, न गलत गर्नेलाई साथ दिन्छु।’ सही र गलतको मूल्यांकन समाजले गर्ने उनको भनाइ छ।

प्रदेश २ मा बिचौलियाहरु सक्रिय रहेको उनले बताए। ‘मलाई थाहा छ प्रदेश २ मा बिचौलियाहरु सक्रिय छन’ उनले भने, ‘ती बिचौलियाहरु गाउँका सोझासाझासँग गलत फाइदा उठाउने गरेका छन्। त्यस्ता बिचौलियाहरुलाई कसैले प्रोत्साहन नगर्नुस्। कुनै समस्या परे सोझै प्रहरीलाइ खबर गर्नुस्। बिचौलिया नजिक पुग्नु पर्दैन्।’

डीआईजी पालले प्रहरी सगंठनमा लागेकाहरुले पनि गलत काम गर्न नहुने बताए। ‘प्रहरीको जागिर राष्ट्र र जनताको सेवा गर्नका लागि हो। पैसा कमाउनु छ भने अर्को व्यवसाय गरे हुन्छ।’, उनले भने। प्रहरी एक्लैले केही गर्न नसक्ने भन्दै उनले समाजमा शान्ति सुव्यवस्था बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताए। सकारात्मक सोचका साथ अघि बढ्दै गलत र सही मूल्यांकन गर्न पालले आग्रह गरे।

कार्यक्रममा धनुषाका प्रहरी प्रमुख शेखर खनालले आफ्नै ब्यारेक निर्माण भइसकेपछि प्रहरी आवासको समस्या अन्त्य भएको बताए। जिल्लामा शान्ति सुरक्षा कायम गर्न धनुषा प्रहरी सधैं तत्पर रहेको उनले बताए।

१ बिघा ५ कठ्ठा १५ धुर क्षेत्रफल जग्गामा जिल्ला प्रहरीको तीन तल्ले भवन ४ करोड ६५ लाख १८ हजार २ सय ५३ रुपैयाँको लागतमा निर्माण भएको हो। तीन तल्ले भवनको भुईतल्लामा महिला प्रहरीलाई आवासको व्यवस्था गरिएको छ।

जिल्ला प्रहरी कार्यालयमा अहिले १ सय ५० जना प्रहरी कार्यरत छन्। आफ्नो ब्यारेक भवन नहुँदा जिल्ला प्रहरी कार्यालयको ठीक अगाडि रहेको महेन्द्रनारायण निधि सांस्कृतिक प्रतिष्ठानको भवनमा उनीहरु बस्दै आइरहेका थिए। प्रहरीको आवास राखिएपछि सांस्कृतिक भवनको सदुपयोग हुन नसकेको भन्दै खाली गर्न जिल्ला प्रहरी कार्यालयमाथि दबाब बढिरहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।