जनकपुरधाम – सीके राउतसँग असन्तुष्ट पक्ष र जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच एकीकरण भएको छ। स्वतन्त्र मधेश गठबन्धनका नेतृत्व गरिरहेका राउत मूलधारको राजनीतिमा आएको केही दिन नबित्दै असन्तुष्ट पक्षले डा.मानोज मुक्तिको नेतृत्वमा रहेको जनतान्त्रिक मुक्ति मोर्चासँग एकीकरण गरेको हो।
एकीकरणको सम्झौतापत्रमा मोर्चाको तर्फबाट मुक्ति र गठबन्धनको असन्तुष्ट पक्षबाट जासर यादवले हस्ताक्षर गरेका छन्। एकीकरणपश्चात जारी गरिएको संयुक्त विज्ञप्तिमा मधेशलाई सबैले धोका दिएको भन्दै मधेश मुक्तिका लागि अघि बढ्ने जनाइएको छ। साथै २० जेठमा निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने तयारी रहेको उनीहरुले जनाएका छन्।
केही वर्षअघि भूमिगत गतिविधि गर्दै आइरहेको मोर्चा नेपाल सरकारसँग सम्झौता गरेर मूलधारमा आएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४