बिहीबार, वैशाख १३, २०८१

एएफसी कप : मनाङ र पन्जावले बराबरी खेले

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - १० खेलाडीमा समेटिएको भारतीय आई लिग च्याम्पियन मेनर्भा पन्जावसँग नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले बराबरी खेलेको छ। एएफसी कप फुटबल अन्तर्गत एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा मनाङले पन्जावसँग १-१ को बराबरी खेलेको हो।

मनाङका लागि साहिद अजिजले एक गोल गरे भने पन्जावका लागि थोइबाले एक गोल गरे। खेलमा सुरुवाती अग्रता भने पन्जावले लिएको थियो। खेलको पहिलो हाफमा १-० को अग्रता लिएको पन्जावले अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकिएको हो।

पहिलो हाफको ४० औं मिनेटमा थोइबाले गोल गर्दै पहुना टोलिलाई सुरुवाती अग्रता दिलाए। पोस्ट नजिकैबाट अलहसनले गरेको प्रहार गोलरक्षक बिशालले क्लियर गर्न खोज्दा फर्किएको बललाई थोइबाले वनटच गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। तर खेलको ८१ औं मिनेटमा मनाङका लागि साहिदले बराबरी गोल फर्काएका हुन्। उनले अन्जन बिस्टको क्रसमा उत्कृष्ट हेडर गोल गरेका हुन्। खेलको अन्तिम मिनेटमा जन्जावका थाइबाले गरेको गोललाई रेफ्रीले अफसाइड दिएपछी पन्जाव र मनाङले १-१ को बराबरी खेलेका हुन्।

यसअघि खेलको ३७ औं मिनेटमा पन्जावका सामुएलले गोलपोस्टको नजिकैबाट गरेको प्रहार मनाङका गोलरक्षक बिशाल श्रेष्ठले सहजै बचाउँदा पन्जाव अग्रता लिनबाट चुकेको थियो। त्यस्तै ५९ औं मिनेटमा कमलको 'लङ क्रस' मा अन्जनको हेडर प्रहार पन्जावका गोलरक्षक अर्श सिंहले सहजै बचाउँदा मनाङ बराबारी गोल गर्नबाट चुक्यो। 

पहिलो हाफको इन्जुरी समयमा पाहुना टोलि पन्जाव १० खेलाडिमा समेटिएको थियो। पन्जावका डिफेन्डर प्रतीक जोशिले मनाङका स्ट्राइकर सोमिडेलाई फाउल गरेपछी रेफ्रीले पहेँलो कार्ड दिएका थिए। यस अघि एक पहेँलो कार्ड खाएका जोशीले पहिलो हाफको इन्जुरी समयमा दोश्रो पहेँलो कार्ड खाँदै मदान बहिरिएका थिए।

बराबरीसँगै चार खेल खेलेको पन्जावले चारै खेलमा बराबरी खेल्दै ४ अंक जोडेको छ। समान खेलमा दुई बराबरी र दुई खेलमा हार व्यहोरेको मनाङको २ अंक छ। दुबै टोलिले यस अघि पन्जावको घरेलु मैदानमा २-२ को बराबरी खेलेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।