काठमाडौं- एएफसी कप फुटबल अन्तर्गत आफ्नो चौथो खेलमा लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले आज (बुधबार) भारतीय आई लिग च्याम्पियन क्लब मिनर्वा पन्जावसँग खेल्दैछ । मनाङले आफ्नो घरेलु मैदानमा पन्जावको सामना गर्न लागेको हो । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा अपरान्ह ३ बजे सुरु हुनेछ ।
यसअघि पन्जावको घरेलु मैदानमा भएको खेलमा दुबै टोलीले बराबरी खेलेका थिए । पहिलो भेटमा २-२ को बराबरी खेलेका यी दुबै टोली दोस्रो खेलमा स्पस्ट जित निकाल्ने लक्ष्यमा साथ मौदनमा उत्रिने छन् ।
हाल सम्म तीन खेलमा दुई खेलमा पराजति र एक खेल बराबरी खेलको मनाङ पहिलो जितको खोजीमा छ । उक्त जितको सुरुवात आफ्नो घरेलु मैदानबाट गर्न चाहन्छ । प्रशिक्षक छिरिङ लोप्साङ र कप्तान विराज महर्जनले पनि घरेलु मैदानमा महत्वपूर्ण तीन अंकका लागि खेल्ने बताका छन् ।
यता पन्जाव पनि मनाङलाई उसैको घरेलु मैदानमा हराउन चाहन्छ । तीन खेलका तीनवट खेल बराबरी खेलेको पन्जाव पनि आफ्नो पहिलो जितेको खोजीमा छ । समूह ई मा रहेका यि दुबै टोलीले जित विहिन छन् ।
मनाङले ३ खेलमा १ अंक जोड्दै अंक तालिकाको पुछारमा छ भने मिनर्वा ३ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ । २ खेलमा जित र एक बराबरी खेलेको चेन्नईन ७ अंकका साथ शीर्ष स्थानमा छ भने समान एक एक खेलमा जित, हार र बराबरी खेलेको बंगलादेशी लिग च्याम्पियन क्लब अवहानी लिमिटेड ४ अंक सहित दोस्रो स्थानमा छ । समुह ई को विजेता टोलीले अघिल्लो चरणको यात्रा तय गर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४