शुक्रबार, वैशाख ७, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज वैशाख ३१ गते मंगलबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

नेकपाको पार्टी एकता दिवस यसरी मनाइने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकताको एक वर्ष पुगेका अवसरमा र मदन आश्रित स्मृति दिवस मनाउन मंगलबार पार्टी मुख्यालय धूम्बाराहीमा तयारी बैठक सम्पन्न भएको छ। 

सल्यानमा भीषण आगलागी, निभाउन गएका तीनको ज्‍यान गयो

सल्यानमा आगलागीमा परी तीन जनाको मृत्यु भएको छ। गत बिहीबारदेखि सल्यानका विभिन्न ठाउँमा लागेको आगो निभाउने क्रममा घाइते भएका उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु 

कैलालीको टीकापुर नगरपालिका–१ लम्कीपुलमा मंगलबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ। इँटा बोकेर टीकापुरबाट नारायणपुरतर्फ जाँदै गरेको से १ त १११६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक जानकी गाउँपालिका ५ पथरैयाका ३५ वर्षीय धनबहादुर चौधरीको ज्यान गएको हो।

लुम्बिनीमा सरसफाई अभियान सुरु

लुम्बिनी भ्रमण वर्षको पूर्वसन्ध्यामा वृहत्तर लुम्बिनी क्षेत्रमा सरसफाई अभियान सुरु भएको छ । प्रदेश ५ सरकार अन्तर्गतको सरसफाई तथा सौन्दर्यकरण उपसमितीले मंगलबार नवलपरासीको रामग्राममा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।

एक लाखले पाउँदैछन् गाउँघरमै यस्ता रोजगारी

सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्म एक लाखभन्दा बढी नागरिकलाई अल्पकालीन रोजगारी उपलब्ध गराउने तयारी गरेको छ। वैदेशिक रोजगारीलाई विकल्पका रुपमा लिएको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आन्तरिक श्रम बजारमा रोजगारीको अवसर सिर्जना गरी युवालाई आफ्ना गाउँघरमै रोजगारी दिन लागेको हो। 

‘समायोजन भएर आएका कर्मचारीले आतंक मच्चा‍ए’

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कर्मचारीहरुप्रति असन्तुष्ट देखिएका छन्। समायोजन भएर आएका कर्मचारीप्रति आक्रोश पोख्दै मुख्यमन्त्री राउतले प्रदेश र स्थानीय तहमा उनीहरुले आतंक सृजना गरेको बताए। नियम कानुन मिचेर गरिएको समायोजन प्रक्रियाबाट आएका कर्मचारीहरुले आतंक मचाएको उनको भनाइ छ।

हिन्दुराष्ट्र माग्दै मठमन्दिमा व्यानर

 राष्ट्रिय प्रजातन्त्र पार्टीले ७७ वटै जिल्लाका मठमन्दिरहरुमा हिन्दु राष्ट्र पुनर्स्थापनाको माग राखेर व्यानर राख्ने भएको छ। पार्टीको मंगलबार बसेको जनसंघर्ष परिचालन समिति बैठकले मठमन्दिरहरुमा व्यानर राख्नेलगायत आन्दोलन सँगसँगै पार्टीको सक्रिय सदस्यता वितरण अभियानलाई तिव्र बनाउने, काठमाडौं उपत्यका भित्रका १५ वटै निर्वाचन क्षेत्रमा जेठ १५ गते भित्रमा क्षेत्रीय भेला सम्पन्न गर्ने निर्णय गरेको छ। 

‘टेलिफोनका टावरमाथि बम प्रहार गर्नु बहादुरी हो भनेर लेख्ने कुन पत्रकारिता हो?’

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम नहुने बताएका छन्। नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइवर टु द होम सेवाको मंगलबार उद्घाटन गर्दै उनले प्रेसका नाममा छाडातन्त्र गर्ने काम भने स्वतन्त्रताको मूल्य र मानक नभएको बताए। 

एक चिनियाँ नागरिकको मृत्यु

नुवाकोटको लिखु गाउँपालिका–३ स्थित चौघडामा मंगलबार बिहान थ्रि ए हाइड्रोपावरको टावर बनाउने क्रममा टावरको माथिल्लो भागबाट झरेको सामानले लाग्दा एक चिनियाँ नागरिकको मृत्यु भएको छ।

खुल्यो सगरमाथा आरोहण

वसन्त ऋतुको यस याममा सगरमाथाको आरोहण सुरु भएको छ। आठ शेर्पा आरोहीले आज (मंगलबार) अपराह्न पौने २ बजे सगरमाथाको चुचुरो (८,८४८ मि) मा डोरी टाँगेसँगै सगरमाथा आरोहणको ढोका खुलेको हो। गत वर्ष पनि आजैका दिन अर्थात् वैशाख ३१ गतेदेखि सगरमाथा आरोहण सुरु भएको थियो। पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले आजदेखि आरोहण सुरु भएको जानकारी दिए।

मालिक र कामदार आफैं बन्न आपूर्तिमन्त्रीको आग्रह

 घरजग्गा बैंकमा राखेर, चर्को ब्याजमा ऋण खोजेर विदेश जाने लहडमा नलाग्न उद्योग तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले युवालाई आग्रह गरेका छन्। भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा आयोजित कार्यक्रममा मन्त्री यादवले भने, ‘लाखलाख रुपैयाँ खर्चेर बिदेसिनु भन्दा त्यो पैसा उद्योगमा लगाउनुहोस्। मालिक पनि आफैं हुने अनि कामदार पनि आफैं बन्ने।’

‘विप्लव’का जिल्ला इञ्चार्ज पक्राउ

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमपूर्वका जिल्ला इञ्चार्ज कर्णबहादुर नकाल ‘शिविर’ लाई पक्राउ गरिएको छ। रुकुमपश्चिम जिल्ला प्रहरी कार्यालयले गए राति जिल्लाको सानीभेरी गाउँपालिका–३ गरायला निवासी उनलाई सोही ठाउँबाट पक्राउ गरिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नकाललाई पक्राउ गरेको प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। 

प्रदेश २ : यसरी हट्यो प्रदेशसभाको अवरोध

प्रदेश २ को तेस्रो अधिवेशन १७ चैतमा सुरु भयो। अधिवेशन सुरु भएको एक महिनाभन्दा बढी भइसक्दा पनि प्रदेशसभा बैठकले नियमितता पाउन सकेन। बिजनेस दिन नसकेको आरोप झेल्दै आएको प्रदेश सरकारले प्रदेशसभा बैठक नियमित हुन नसकेपछि पाइपलाइनमा रहेका विधेयकसमेत पेस हुन सकेको थिएन।

होस् गर्नुस्! चोरिएला मोटरसाइकल

तपाइँले मोटरसाइकलको चाबी लगाउन भुल्नु भएको त छैन ? चाबी लगाए पनि ह्याण्डिल बन्द गर्न पो बिर्सनु भयो कि ? या असुरक्षित ठाउँमा पार्किङ गर्नु भएको त छैन ? त्यसो भए मोटरसाइकल चोरी हुने सम्भावना बढी नै हुन्छ। 

'नेपालीको अनुहार जहाँ उज्यालो हुन्छ, त्यो प्राथमिकतामा पर्छ'

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालीको अनुहार जहाँ उज्यालो हुन्छ उक्त क्षेत्र नै बजेटको प्राथमिकतामा पर्ने बताएका छन्। प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) भएको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले भने, 'क्षेत्रगत आधारभन्दा नेपालीको अनुहार जहाँ उज्यालो हुने देखिन्छ त्यो नै प्राथमिकता हो। अहिलेको बजेट क्षेत्रगत प्राथमिकतामा अल्झदैन।'

घरेलु मैदानमा तीन अंक खोस्ने मनाङको लक्ष्य

नेपाली लिग च्याम्पियन क्लब मनाङ मर्स्याङ्दी बुधबार घरेलु मैदानमा हुने खेलमा तीन अंक खोस्ने लक्ष्यका साथ मैदानमा उत्रिने मुख्य प्रशिक्षक छिरिङ लोप्साङले बताएका छन्। हालसम्म तीन खेल खेल्दा जित बिहिन भएको मनाङले पहिलो जित निकाल्नेमा विश्वस्त रहेको प्रशिक्षक छिरिङले बताएका हुन्। 

टिभी स्टुडियोलाई केरकार अड्डा बनाउन खोज्दा...

टेलिभिजन स्टुडियोका दुई घटनाले यतिबेला नेपाली सञ्चारजगत् तरंगित भएको छ। यसबारे सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भइरहेका छन्।

अनैतिक क्रियाकलापमा संलग्न पक्राउ

काठमाडौंका विभिन्न स्थानबाट अनैतिक क्रियाकलाप संलग्न रहेको अभियोगमा १ सय ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ।  प्रहरीले सोमबार राति उनीहरुलाई काठमाडौंका गोंगबु, रत्नपार्क, रणोदीप चोक लगायतका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

एकै वडामा १६३ को बालविवाह

डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १६३ बालविवाह भएको एक संस्थाको तथ्याङ्कले देखाएको छ। जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास केन्द्र (सिडिसी) नामक एक संस्थाले तीन वर्षदेखि गरेको सर्वेक्षणअनुसार यति ठूलो सङ्ख्यामा बालविवाह भएको पाइएको हो। 

के हुँदैछ संसद्‍मा ? हेर्नुहोस लाइभ

संसद्मा मंगलबार पनि प्रि बजेटमाथिको छलफल सुरु भएको छ । 

'मिडियालाई निषेध गरेर ओली सरकार ज्ञानेन्द्र पथमा'

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सञ्चार जगतलाई निषेध गर्ने गरी मिडिया काउन्सिल विधेयक ल्याएर सरकार ज्ञानेन्द्र पथमा हिँड्न खोजेको आरोप लगाएका छन् ।

भारतबाट छिटै आउँदैछ पाइपमा पेट्रोल

बहुप्रतीक्षित अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण कार्य दुई साताभित्र सम्पन्न हुने भएको छ। बाराको अमलेखगन्जदेखि भारतको मोतीयारीसम्मको कुल ६९ किलोमिटर लामो पाइपलाइनमध्ये पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा ३ किलोमिटर दुरीमा मात्र पाइप ओछ्याउन बाँकी छ।

प्रि बजेटका प्रश्नको आज अर्थमन्त्रीले जवाफ दिने 

संसद्मा जारी प्रि बजेट छलफल आजबाट सकिने भएको छ ।

तीन बुँदे सहमति पछि ४५ दिनदेखि बन्द चिया उद्योग खुल्यो

उद्योगी र ट्रेड यूनियनहरुबीच ३ बुँदे सहमति भएसँगै मंगलबार (आज)बाट चिया उद्यागेहरु खुलेका छन् ।

नेपाल र कम्बोडियाबीच के भयो समझदारी ?

नेपाल र कम्बोडियाले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवद्र्धन गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा सहमति गरेका छन् । 

सेनाले माग्यो डाक्टरदेखि पत्रकारसम्म 

नेपाली सेनाले विभिन्न प्राविधिक समूहतर्फ डाक्टरदेखि पत्रकारसम्मको आवेदन माग गरेको छ । जंगी अड्डाले प्राविधिक पदको खाली ठाउँमा पदपूर्ती गर्ने भन्दै विभिन्न पदमा २३ जनाको आवेदन मागेको हो ।

फेसन फलो गर्न माहिर सोनाक्षी

फेसनको मामलामा बलिउडका हुन चाहे हलिउडका सबै कलाकार उत्तिकै माहिर छन्। ति सेलिब्रेटीहरु एक अर्काको फेसनको नक्‍कल गर्नसमेत माहिर छन्।

मंदानाका मस्त तस्बिर

बिग बोस ९ मा दिखएकी मंदाना करीमी आजभोली आफ्नो बोल्ड  तस्बिरका कारण चर्चामा छिन्। तीन वर्ष यता मंदानाले आफ्नो शरिरलाई फिटनेस राख्न निकै मिहिनेत गरेकी छिन्। उनले आफ्नोस वहनसमेत घटाएकी छन्। त्यस पछि उनले सामजिक सञ्जानलमा आफ्नोन भिडियो शेयर गरेकी थिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।