धनगढी - कैलालीको टीकापुर नगरपालिका–१ लम्कीपुलमा मंगलबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ। इँटा बोकेर टीकापुरबाट नारायणपुरतर्फ जाँदै गरेको से १ त १११६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक जानकी गाउँपालिका ५ पथरैयाका ३५ वर्षीय धनबहादुर चौधरीको ज्यान गएको हो।
दुर्घटना बिहान भएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ। इँटा बोकेर नारायणपुरतर्फ गइरहेको ट्याक्टर लम्कीपुलबाट खसेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको बताएको छ।
ट्याक्टरमा चालक मात्रै रहेको बुझिएको छ। मृतकको शव ट्याक्टरमुनि च्यापिएका कारण निकाल्न कठिन भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४