काठमाडौं - ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमपूर्वका जिल्ला इञ्चार्ज कर्णबहादुर नकाल ‘शिविर’ लाई पक्राउ गरिएको छ। रुकुमपश्चिम जिल्ला प्रहरी कार्यालयले गए राति जिल्लाको सानीभेरी गाउँपालिका–३ गरायला निवासी उनलाई सोही ठाउँबाट पक्राउ गरिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नकाललाई पक्राउ गरेको प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४