मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • 'नेपालीको अनुहार जहाँ उज्यालो हुन्छ, त्यो प्राथमिकतामा पर्छ'

'नेपालीको अनुहार जहाँ उज्यालो हुन्छ, त्यो प्राथमिकतामा पर्छ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालीको अनुहार जहाँ उज्यालो हुन्छ उक्त क्षेत्र नै बजेटको प्राथमिकतामा पर्ने बताएका छन्। प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) भएको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले भने, 'क्षेत्रगत आधारभन्दा नेपालीको अनुहार जहाँ उज्यालो हुने देखिन्छ त्यो नै प्राथमिकता हो। अहिलेको बजेट क्षेत्रगत प्राथमिकतामा अल्झदैन।'

अर्थमन्त्री खतिवडाले आफुहरुले अपनाएको राजनीतिक र आर्थिक प्रणाली एवं अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा बजेट निर्माण हुँदै आएको दाबी गरे। उनले विकासका आकांक्षा र साधन स्रोतबीचको सन्तुलनका आधारमा बजेटको आकार निर्धारण हुने जानकारी दिए। 

वित्तीय सङ्घीयता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले ठूला पूर्वाधार आयोजना कार्यान्वयन गर्ने सन्दर्भमा अन्तर प्रदेशबीचको सन्तुलन कायम गरिने दाबीसमेत गरे।

बजेट विनियोजन गर्दा जनसंख्या र भौगोलिक सन्तुलन दुबै महत्वपूर्ण छ रहेको बताउँदै अर्थमन्त्री खतिवडाले प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको मापदण्डलाई मुख्य आधार मानिने बताए।

उनले गरीबी, बेरोजगारी र सुशासनका विषयलाई पनि बजेटले सम्बोधन गर्न प्रयास गर्ने बताए। बजेटको आकार ठूलो भए पनि निजी क्षेत्रले सहयोग गरेन भने कार्यान्वयन गर्न निकै चुनौती हुने कुरालाई मनन गरी निजी क्षेत्रलाई उत्साहित गर्ने पाटोलाई पनि बजेटले ध्यान पुर्याउने खतिवडाको दाबी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्