बिहीबार, वैशाख १३, २०८१

अनैतिक क्रियाकलापमा संलग्न पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - काठमाडौंका विभिन्न स्थानबाट अनैतिक क्रियाकलाप संलग्न रहेको अभियोगमा १ सय ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ।  प्रहरीले सोमबार राति उनीहरुलाई काठमाडौंका गोंगबु, रत्नपार्क, रणोदीप चोक लगायतका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

यसैगरी प्रहरीले काठमाडौंको बालाजुबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ। देउ कुमारी गुरुङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा देउ कुमारी गुरुङ समेत ६ जनालाई प्रहरीले नगद २३ हजार ८ सय ८० रुपैयाँसहित सोमबार दिउँसो पक्राउ गरेको हो। यसैगरी काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित सुनसरी घर भएका ३४ वर्षीय हरि लिम्बुको हार्मोनियम गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा लिम्बु समेत ९ जनालाई नगद ७१ हजार ५ सय ५५ रुपैयाँ र नागर्जुन नगरपालिका-२ गैरीगाँउस्थित सिंहबहादुर तामाङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ८ जनालाई नगद ८५ हजार ६ सय रुपैयाँसहित सोमबारै दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।