काठमाडौं- संसद्मा जारी प्रि बजेट छलफल आजबाट सकिने भएको छ ।
सांसद्हरुले बजेटका विषयमा उठाएका प्रश्नको अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिएसँगै छलफल सकिने भएको हो ।
आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा सांसदहरुले उठाएका विषयमाथि अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिनेछन् । बिहान ११ बजेका लागि बोलाईएको संसद बैठकको सुरुमा नाम टिपाएर बोल्न बाँकी सांसदहरुले धारणा राख्ने संसद् सचिवालयले जनाएको छ ।
सांसदरुले पुँजीगत खर्चमा समस्या रहेको औंल्याउँदै विनियोजित बजेट कार्यान्वयनमा समस्या यथावत रहे आर्थिक वृद्धि सम्भव नहुने औंल्याएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४