बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • तीन बुँदे सहमति पछि ४५ दिनदेखि बन्द चिया उद्योग खुल्यो

तीन बुँदे सहमति पछि ४५ दिनदेखि बन्द चिया उद्योग खुल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
झापा- उद्योगी र ट्रेड यूनियनहरुबीच ३ बुँदे सहमति भएसँगै मंगलबार (आज)बाट चिया उद्यागेहरु खुलेका छन् ।

नेपाल चिया उत्पादक संघले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि ४५ दिनदेखि आन्दोलित चिया मजदुरले आन्दोलन फिर्ता लिएका  हुन् । 

सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदुर सडक आन्दोलनमा उत्रिएका थिए । सोमबार साँझ विर्तामोडमा नेपाल चिया उत्पादक सङ्घ र चिया मजदुरको विभिन्न सङ्घ सङ्गठनका वार्ताकारबीच तीन बुँदे सहमति भएको हो ।

वार्तामा सहभागी अखिल नेपाल ट्रेड युनियन महासङ्घ १ नं प्रदेशका उपाध्यक्ष सन्तकुमार राईका अनुसार सहमतिको पहिलो बुँदामा नेपाल सरकारले २०७५ साउन ३१ गते राजपत्रमा प्रकाशित गरी चिया बगान तथा कारखानामा काम गर्ने श्रमिकका लागि तोकेको न्यूनतम पारिश्रमिक आधारभूत तलब रु २३१, महङ्गी भत्ता रु १४५ र कारखानामा काम गर्ने नाइके तथा चौकीदारको अतिरिक्त भत्ता दैनिक रु ४२ सबै चिया बगान तथा कारखानामा कार्वान्यन गर्ने उल्लेख छ ।

गत साउनदेखि नपाइरहेको पारिश्रमिक आगामी चैत मसान्तसम्ममा उद्योगी पक्षले मजदुरलाई भुक्तानी गरिसक्नुपर्ने सहमति गरिएको छ । यसैगरी, सहमतिको दोस्रो बुँदामा श्रम ऐन २०७४ र नियमावली २०७५ मा भएको व्यवस्था नेपाल चिया उत्पादक सङ्घमा आवद्ध चिया बगान तथा कारखानामा कार्यान्वयन गरिने उल्लेख छ । अन्तिम बुँदाको सहमतिमा गत चैत १७ गतेदेखि बन्द रहेका चिया बगान आजदेखि खुला गर्ने र मजदुर काममा फर्किने उल्लेख छ ।

सहमतिपत्रमा नेपाल चिया उत्पादक सङ्घका तर्फबाट छत्रबहादुर गिरी, चण्डी पराजुली, शिवकुमार गुप्ता, हरि गिरी र कुमार गिरीले तथा मजदुरका तर्फबाट अखिल नेपाल चिया मजदुर सङ्घका केन्द्रीय अध्यक्ष सीता सापकोटा, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष सहीकुमार राई, भूपाल सापकोटा, सन्तकुमार राई, यज्ञप्रताप अधिकारीलगायतले हस्ताक्षर गरेका छन् ।

चिया क्षेत्रमा कार्यरत ५० हजार मजदुर विगत ४५ दिनदेखि न्यूनतम पारिश्रमिकको माग गर्दै कठोर आन्दोलनमा थिए । सहमति भएकाले मजदुर आजदेखि नै काममा फर्किने नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।