मंगलबार, वैशाख ११, २०८१

आजका अखबार : पशुपतिनाथको २३१ रोपनी गायब 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले सार्वजनिक र सरकारी जग्गा मिचिएको विषयलाई नै प्राथमिकतामा पारेका छन् । कतै जग्गा मिचिएको विषयले प्रधानता पाएको छ भने कतै जग्गा फिर्ता ल्याउन भएको आलटालको विषय प्रमुखताका साथ छापिएको छ ।
 
आजको अन्नपूर्ण पोस्ट्ले पशुपतिनाथ मन्दिरको २३१ रोपनी जग्गा भूमाफियाले गायब बनाएको विषयलाई मुख्य समाचार बनाएको छ । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा कहिले कसले खायो पत्तै छैन ।

वागमतीदेखि मनहरा नदी बगरसम्मका पशुपतिको जग्गा हराएका हुन् । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरदेखि भूमाफियासम्मले पशुपतिको जग्गा गायब पारेको ठहर छानबिन समितिले गरेको छ ।

अमालकोट कचहरीको ६ रोपनी १२ आना, जयबागेश्वरी भण्डार तहबिलको ११ रोपनी ७ आना र भण्डार तहबिलको दुई सय १३ रोपनी ७ आना जग्गासहित पशुपतिनाथको नाममा रहेको दुई सय ३१ रोपनी १० आना जग्गा गायब पारिएको छ । पशुपतिनाथको गुठी जग्गा छानबिन तथा संरक्षण समितिले अर्बाैं रुपैयाँ पर्ने जग्गा हराएको प्रतिवेदन तयार पारेको छ ।

पशुपतिको जग्गा खोजविन गर्न बनाइएको समितिका अनुसार पशुपतिनाथ मन्दिरको देशभर १८ हजार ८ हजार ८२ रोपनी १४ आना रहेको तथ्य फेला पारेको छ । कोषको तीनवटै कार्यालयको लगतभित्र दर्ता प्रमाणित भएको जग्गा ४ हजार १८१ रोपनी १३ आना ३.५ पैसा जग्गा छ । पशुपतिको कोर क्षेत्रमा १ सय रोपनी ३ पैसा ३ दाम जग्गा रहेको समाचारमा उल्लेख छ ।

आजको नागरिक दैनिकले भने डिल्लीबजार मालपोतका कारण बालुवाटारको सरकारी जग्गा फिर्ता ल्याउन ढिलाई भएको विषयलाई मुख्य समाचार बनाएको छ । लितानिवासले चर्चेको जग्गाको साबिक र अहिले कायम भएका कित्ताको एकमुष्ठ विवरण मालपोत कार्यालयले उपलब्ध नगराउँदा भूमाफिया र व्यापारीले हडपेको सरकारी सम्पत्ति फिर्ता हुन विलम्ब भएको समाचारमा जनाइएको छ ।
 
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले केही कित्ताको यकिन विवरण नआएका कारण ललितानिवासको जग्गा सट्टाभर्ना दिने तथा नक्कली मोही खडा गर्ने बदनियतपूर्ण निर्णय खारेजीमा ढिलाइ भएको बताए । हडपिएको जग्गाको विवरण आएलगत्तै मन्त्रालयबाट टिप्पणी तयार भएर मन्त्रिपरिषद् बैठकमा निर्णय बदरसम्बन्धी प्रस्ताव पेस गरिने उनको भनाइ छ ।
 
कान्तिपुर दैनिकले भने बालुवाटारको सरकारी जग्गाको अनुसन्धान गरिराखेका डिएसपी कविद् कटुवालको सरुवा गरिएको विषयलाई एङ्कर न्यूज बनाएको छ । अनुसन्धानमा संलग्न ब्यक्तिलाई तत्काल सरुवा नगर्न अनुसन्धान ब्युरोले गरेको आग्रहको वेवास्ता गर्दै उनलाई चन्द्रनिगाहपुर सरुवा गरिएको समाचारमा उल्लेख छ ।

जमिनको विषयबाहेक वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी एक सय वर्ष पुरा भएको उपलक्ष्यमा ललितपुर महानगरपालिकाले नगर परिक्रमा गराएको विषयलाई पनि आजका पत्रपत्रिकाले प्राथमिकताका साथ छापेका छन् । जोशी सोमबार एक सय वर्ष पुगेका छन् ।
 
आजको नयाँ पत्रिकाले भने जागरण अभियानका क्रममा कांग्रेस नेतृत्वलाई कार्यकर्ताहरुले पहिला आफू जागृत हुन सुझाव दिएको विषयलाई मुख्य समाचार बनाएको  छ। 

२५ वैशाखदेखि सबै जिल्लामा एकसाथ सुरु भएको जागरण अभियानका क्रममा कार्यकर्ताले नेतृत्व सुध्रिए मात्रै पार्टी सुध्रिने बताए । एक महिनासम्म चल्ने जागरण अभियानमा कांग्रेसले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ । 

यस्तै सरकारले एक लाखभन्दा बढी बेरोजगारलाई ३० दिनको रोजगारी दिन ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ कार्यक्रम अगाडि बढाएको विषयलाई पनि नयाँ पत्रिकाले प्राथमिकताका साथ छापेको छ ।
 
यसका लागि सरकारले सबै स्थानीय तहमा दुई अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ ससर्त अनुदान पठाइसकेको छ । स्थानीय तहले न्यूनतम पाँच लाखदेखि एक करोड रुपैयाँसम्मको अनुदान पाइसकेको समाचारमा उल्लेख छ ।

यो रकमबाट स्थानीय तहले आउँदो दुई महिनाभित्र स्थानीय तहमा सूचीकृत एक लाख ६ हजार आठ सय ७२ बेरोजगारलाई ३० दिनको रोजगारी दिनुपर्नेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।