बुधबार, वैशाख १२, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज वैशाख ३० गते सोमबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

'पत्रकारिताको आचरण कायम होस्'

समाजवादी पार्टी, नेपालले पार्टीका कार्यकर्तालाई संयमित रहन आग्रह गरेको छ। गत आइतबार राति एक राष्ट्रिय टेलिभिजनमा पार्टीका अध्यक्ष तथा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई मानमर्दन एवं अपमानित हुने ढंगले एक टेलिभिजनमा प्रश्न सोधिएको भन्दै पार्टीले उक्त घटनामा संयमता अपनाउन पार्टीका कार्यकर्तालाई आग्रह गरेको हो। 

कान्छी आमाको दाहसंस्कार गर्दैगर्दा बगेर मृत्यु

दाङमा आफ्नी कान्छी आमाको दाहसंस्कार गर्न घाटमा पुगेका एक व्यक्तिको नदीमा बगेर मृत्यु भएको छ।

क्याम्पसको जग खन्दा हालसम्म १५० तोला सुन निस्कियो

अछामको श्रीकोटस्थित त्रिपूरा सुन्दरी बहुमुखी क्याम्पसको जग खन्दा आइतबारसम्म १ सय ५० तोला सुन र ६ सय ६२ तोला चाँदी फेला परेको छ। साँफेबगर नगरपालिकाको आर्थिक सहयोगमा ४ कोठे क्याम्पस भवन निर्माण गरिरहेको बेला सुन र चाँदीका गर गहना फेला परेको थियो। भेट्टाएको सुन चाँदीका गर गहना मजदुर बीच भागबन्डाको क्रममा विवाद हुँदा बैशाख १९ गते घटना वाहिर आएको थियो।

त्रिवि सेवा आयोगमा तालाबन्दी 

त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा तालाबन्दी गरिएको छ। कार्यालयमा वैद्य निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले तालाबन्दी गरेका हुन्।

टिप्परलाई ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु

ट्रकले र टिप्परलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। महोत्तरीको बर्दिबासमा रोकीराखेको टिप्परलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको हो। टिप्पर बिग्रेर मर्मत गर्दै गरेको अवस्थामा ट्रकले पछाडिबाट ठक्कर दिएको हो।  

कांग्रेस नेता थापाको आग्रह – 'अर्थमन्त्रीज्यू देश घुम्‍नुस्' 

नेपाली कांगेसका नेता गगन थापाले सरकारको गएको एक वर्ष गजब भयो भन्ने अर्थमन्त्री युवराज खतिवडालाई देश घुम्न आग्रह गरेका छन्। उनले अर्थमन्त्री खतिवडालाई प्रदेश तथा स्थानीय तहमा गएर शिक्षक, विद्यार्थी, उद्योगी, मजदुर, किसान, व्यवसायी वा अन्य कुनै पनि एकजना मेरा लागि यो वर्ष सुखद रह्यो भन्ने व्यक्ति भेटाइदिन चुनौति दिए।

मिडिया काउन्सिल विधेयक फिर्ता गर्न साझा विवेकशीलको माग

साझा विवेकशील पार्टीले संसद्मा दर्ता गरिएको मिडिया काउन्सिल विधेयक तत्काल फिर्ता लिन माग गरेको छ। ललितपुरको बखुण्डोलस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर साझा विवेकशीलले सरकारसँग विधेयक फिर्ता लिएर सरोकारवाला निकायसँगको परामर्शमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अनुकूल कानुन निर्माण गर्न माग गरेको हो। 

विद्यालय भर्ना अभियान : घरघरमा निमन्त्रणा कार्ड

आदर्श गाउँपालिका ५ लामिखाल डोटीका हर्क कोलीको हातमा छिमेकी बालकले एउटा कार्ड थमाए। उनले झट्ट कसैको विहेको निमन्त्रण कार्ड आएको अनुमान गरे। आफ्ना ६ वर्षीय छोरा धनेलाई विद्यालय भर्ना गर्न आएका उनले भने,‘हाम्रा पालामा कसैको बिहे हुने भयो भने निमन्त्रणाका रुपमा सुपारी, ल्वाङ, गुण, मिस्री आउँथ्यो। अहिले कार्ड आउँछ। मैले झट्ट त्यहि विहेको कार्ड हो सम्झिए।’

हावाहुरी पीडितलाई प्रदेश सरकारले सहयोग

बारा–पर्साका हावाहुरी पीडितहरुलाई प्रदेश १ सरकारले आर्थिक सहयोग गरेको छ। हावाहुरी पीडितलाई आर्थिक सहयोग गर्ने घोषणाअनुरुप प्रदेश १ सरकारले सोमबार एक करोड नगद सहयोग गरेको हो।

यौन व्यवसायमा संलग्न एक सय २५ जना पक्राउ

नेपाल प्रहरीले काठमाडौंका विभिन्न भागबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १२५ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रमा बाटोमा बसेर महिलालाई फकाएर विभिन्न होटल तथा रेष्टुरेन्टमा लगेर अनैतिक क्रियाकलाप गर्न खोज्ने १२५ जनालाई पक्राउ गरेको हो। 

‘संघीय सरकारले जानकी मन्दिरसँग विभेद गर्‍यो’

 प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले सीताको जन्मोत्सवको रुपमा मनाइने जानकी नवमीसँग विभेद गरेको आरोप लगाएका छन्। जानकी जन्मोत्सव हिन्दुहरुको आस्थाको केन्द्रका साथै प्रदेश र समग्र मुलुककै लागि गौरवको विषय रहेपनि संघीय सरकारले महत्व दिन नसकेको राउतले बताए।

शताब्दी पुरुषलाई भव्य सम्मान (भिडियोसहित)

शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारदेखि ९९ वर्ष पूरा भई १०० वर्ष लागेका छन्। जोशीलाई सो अवसरमा सम्मानसहित नगरपरिक्रमासमेत गराइएको छ भने राष्ट्रपतिलगायत विभिन्न राजनीतिक दलका नेता तथा सुभेच्छुकहरुले सम्मानसमेत गरेका छन्।

राष्ट्रपति भण्डारी जानकी मन्दिरमा 

राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी नवमीको अवसरमा जनकपुरस्थित जानकी मन्दिर पुगेर पुजाअर्चना गरेकी छिन्। जानकी नवमीको अवसर पारेर आयोजित समारोहमा सहभागी हुन सोमबार बिहान जनकपुर पुगेकी राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा करिब १५ मिनेट पूजाअर्चना गरेकी थिइन्।

'सीता' को जन्मदिनले किन पाउन सकेन राष्ट्रिय मान्यता ?

भगवान सीतालाई सरकारले राष्ट्रिय विभूतिको सूचीमा राखेको छ । नेपाललाई विश्वसामु चिनाउने व्यक्तित्वहरुको सूचीमा सीतालाई पनि सरकारले सामेल गरेको छ । सीताका साथै उनका बाबु राजा जनकपनि राष्ट्रिय विभूतिको सूचीमा राखिएका छन् ।

अनौठो मौसम : अचानक गर्मी, एक्कासी चिसो !

काठमाडौै उपत्यकासहित देशका अधिकांश ठाउँको मौसम बद्लिएको छ । 

आज जानकी नवमी पर्व, राष्ट्रपति जनकपुरमा 

प्रदेश २ को राजधानी जनकपुरमा आज धुमधामकासाथ जानकी नवमी पर्व मनाइँदैछ।

सत्यमोहनको नाममा आज ललितपुरमा सार्वजनिक विदा

वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी एक सय वर्ष पुगेको उपलक्ष्यमा सोमबार ललितपुरमा सार्वजनिक विदा दिइएको छ । 

मुम्बईले जित्यो आईपीएलको उपाधी, चेन्नाइ १ रनले पराजित

 चेन्नाइ सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ को उपाधि जितेको छ । 

‘सन्‍नी लियोनी दुनियाकी सबै भन्दा सेक्सी महिला’

सन्‍नी लियोनी सोमबार आफ्नो ३८ औं जन्मोत्सव मनाइरहेकी छन्। सन्नीको जन्मदिनलाई विशेष बनाउन उनका पति डेनियल बेवरले सामाजिक सञ्जाल इन्स्टाग्राममा इमोस्नल पोस्ट गरेका छन्।

प्रधानमन्त्री ओली भियतनामबाट कम्बोडिया उडे

प्रधानमन्त्री  केपी  शर्मा ओली आफ्नो पाँचदिने  भियतनाम भ्रमण सकेर कम्बोडिया प्रस्थान गरेका छन् ।

शताब्दी पुरुषको युगयात्रा

शताब्दी पुरुष सत्यमोहन जोशी सोमबार सय वर्ष पुगेका छन् । उनको यो युग यात्रा अभूतपूर्व छ । न कुनै किताब न त कुनै सिनेमामा मात्रै यसलाई समेट्न सकिन्छ । उनको हरेक बोली र व्यवहारमा आगामी सन्ततिका लागि मार्गदर्शन भेटिन्छ । उनी अहिले पनि बिना सहारा ठमठम हिँड्छन् । उनको प्रत्येक पाइलामा एउटा गजबको आत्मविश्वास छ। 

अमेरिकी करवृद्धिविरूद्ध प्रतिकार नगर्न ट्रम्पको आग्रह

चिनियाँ सामानमाथि हालै गरिएको करवृद्धिको प्रतिकारमा नउत्रन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन्। 

महिला पत्रकारको गोली हानी हत्या 

अफगानिस्तानका एकजना चर्चित महिला पत्रकार तथा राजनीतिक सल्लाहकार मिना मङ्गलको हत्या भएको छ। उनलाई गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ। अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले यस हत्याको कडा शब्दमा निन्दा गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।