शुक्रबार, वैशाख ७, २०८१

जानकी नवमीमा यसरी झुमे कांग्रेस उपसभापति निधि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – जानकी जन्मोत्सव सोमबार उल्लासपूर्वक मनाइँदै छ। वैशाख शुक्ल नवमीको दिन माता जानकीको जन्म भएको पौराणिक मान्यताअनुसार जनकपुरमा जानकी नवमीको अवसरमा विभित्र कार्यक्रमहरुको आयोजना गरिएको छ।

यस अवसरमा जानकी मन्दिरमा पूजाअर्चना गर्न आउनेहरुको ठुलो संख्यामा भीडभाड देखिएको छ। जानकी मन्दिरमा भइरहेको भजनकिर्तनले त्यहाँको माहोल थप धार्मिक भएको छ।

जानकी नवमीका दिन जानकी मन्दिरमा पूजाअर्चना गर्न पुगेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि त्यहाँ भइरहेको भजनकिर्तनमा आफूलाई नाच्नबाट रोक्न सकेनन्। 



जानकी नवमी महोत्सवमा सहभागी हुन काठमाडौंबाट जनकपुर पुगेका उपसभापति निधि आफ्नी धर्मपत्नी अनामिका निधिको साथ जानकी मन्दिर पुगेका थिए। मन्दिर परिसरमा निरन्तर चलिरहेको भजन किर्तनमा सहभागी भएलगत्तै निधि झुमेको देखेपछि त्यहाँ उपस्थित श्रद्धालुहरुलेसमेत उनलाई साथ दिएका थिए। यसका साथै जानकी मन्दिरका मुख्य महन्त रामतपेश्वर दासपनि निधिसँग नाच्न आफूलाई रोक्न सकेनन् र उनले पनि साथ दिएका थिए।

सीताको जन्महुँदा जनकपुरसहित सम्पूर्ण मिथिलामा खुशीको माहोल थियो ग्रन्थहरुमा उल्लेख छ। सोमबार जानकी मन्दिरमा महन्त दास, उपसभापति निधि, उनकी धर्मपत्नी अनामिकालगायताका श्रद्धालुहरु नाचेको देख्दा त्यसकै अनुभुति दिइरहेको थियो।

उपसभापति निधिले समग्र समाज र मर्यादाको लागि जानकी नवमी महत्वपूर्ण दिन रहेको प्रतिक्रिया दिएका छन्। महिला पुरुषको सम्मान र समझदारीको अद्धितीय उदाहरण भगवान राम र सीता रहेको भन्दै जानकी नवमीका दिन जनकपुर, मिथिलावासी र सम्पूर्ण नेपाली जनताले समृद्धिको आशिर्वाद पाउन सकोस आफ्नो कामना रहेको निधिले बताए।



न्यायको पक्षमा हुने संघर्षमा सीताले नेतृत्वदायी भूमिका खेलेको कुरा धार्मिक ग्रन्थहरुबाट प्रष्ट हुन्छ भन्दै निधिले जानकी नवमीलाई सबैले महत्वका साथ मनाउनुपर्नेमा जोड दिएका छन्।

‘जनकपुरमा रामको जन्मोत्वस धरै अगाडीदेखि मनाइँदै छ, मनाउनु पनि पर्दछ,’ नेपाल समयसँग कुरागर्दै निधिले भने, ‘जनकपुर जानकीको भूमिले परिचित छ, जानकी महोत्वस भव्य रुपमा मनाउनबारे विगतदेखि नै छलफल हुँदै आएको हो । यसलाई भव्यता प्रदान गर्न कन्जुस्याईं गर्नु हुँदैन्।’ जानकी नवमीको महत्वलाई दृष्टिगत गरी जानकी नवमीको अवसरमा पहिलो पटक विदा दिइएको उनले बताए।

उपसभापति निधि सोमबार साँझ जानकी महोत्सवको अवसरमा जानकी मन्दिरले आयोजना गरेको विशेष कार्यक्रमका साथै गौ संरक्षण मञ्चले आयोजना गर्ने दीप प्रज्वलन कार्यक्रममा समेत सहभागी हुने छन्।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।