बिहीबार, वैशाख १३, २०८१

'सीता' को जन्मदिनले किन पाउन सकेन राष्ट्रिय मान्यता ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- भगवान सीतालाई सरकारले राष्ट्रिय विभूतिको सूचीमा राखेको छ । नेपाललाई विश्वसामु चिनाउने व्यक्तित्वहरुको सूचीमा सीतालाई पनि सरकारले सामेल गरेको छ । सीताका साथै उनका बाबु राजा जनकपनि राष्ट्रिय विभूतिको सूचीमा राखिएका छन् ।

पौराणिक ग्रन्थहरुका अनुसार त्रेतायुगमा राजा जनक आफैले हलो चलाई खेत जोतिरहेको बखत जमिनमूनिबाट सीता जन्मिएकी हुन् । वैशाख शुक्ल नवमीको दिन जनकपुरमा सीताको जन्म भएको पौराणिक मान्यता रहेको छ । सीताको जन्म भएको दिनलाई जानकी नवमीपनि भत्रे गरिन्छ ।

यस वर्ष वैशाख शुक्ल नवमी सोमबार परेको छ । र, जनकपुरमा जानकी नवमी उल्लासपूर्वक मनाइँदै छ । जानकी नवमीको अवसर पारेर जानकी मन्दिरले दुई सातादेखि विभित्र धार्मिक कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ ।

सीता राष्ट्रिय विभूति रहेपनि उनको जन्मदिन अर्थात जानकी नवमीले राष्ट्रियस्वरुप ग्रहण गर्न सकेको छैन् । राष्ट्रकै गहना रहेकी सीताको जन्मदिनको अवसर जनकपुरसम्ममात्र सीमित भएको छ । अन्य धार्मिक उत्सवझैं जानकी नवमीले राष्ट्रियता पाउनुपर्ने पटकपटक आवाजसमेत उठ्दै आएको छ ।

वर्षौदेखि दुई वर्षअघि कांग्रेस उपसभापति विमलेन्द्र निधि गृहमन्त्री छँदा पहिलो पटक जानकी नवमीको अवसरमा सार्वजनिक विदाको घोषणा भएको थियो । त्यसबेला सरकारले जानकी नवमी मनाइने धनुषा र महोत्तरी जिल्लामामात्र विदाको घोषणा गरेको थियो । पछिल्लो वर्ष प्रदेश सरकारले जानकी नवमीको अवसरमा प्रदेश २ मा सार्वजनिक विदाको घोषणा गर्‍यो । 

राष्ट्रिय विभूति रहेपनि सीताको जन्मोत्सवले राष्ट्रियस्वरुप ग्रहण गर्न नसक्नु दुखद रहेको बताउँछन् जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास ।

'सीतालाई राष्ट्रिय विभूति भनिएको छ, तर उनकै जन्म दिनमा मनाइने जानकी नवमीले राष्ट्रिय मान्यता पाउन नसक्नु दुःखद रहेको मलाई लागेको छ,' दास भन्छन्,'राष्ट्रव्यापी रुपमा जानकी नवमी मनाउन सरकारी पहलको खाँचो छ ।'

महन्त दासले जानकी नवमीलाई राष्ट्रियस्वरुप दिलाउनका लागि यस वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीलाई आमन्त्रित गरिएको बताए । 'अयोध्यामा मनाइने रामनवमी उत्सव देशव्यापी रुपमा मनाइन्छ, तर जानकी नवमीले राष्ट्रिय मान्यता पाउन सकेको छैन,' उनी भन्छन्,'जानकी नवमीलाई राष्ट्रिय मान्यता दिलाउन आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्दै आइरहेको छु ।'

जानकी नवमीलाई राष्ट्रियस्वरुप दिलाउन कमसेकम सरकारले सार्वजनिक विदा दिनुपर्ने प्राध्यापक डा.सुरेन्द्र लाभ बताउँछन् । 'एकातर्फ राष्ट्रिय विभूति घोषणा गर्ने अर्कोतर्फ विदासमेत दिन नसके नाम भजाउनमात्र राष्ट्रिय विभूति घोषणा गरिएको जस्तो बुझिन्छ,' लाभले भने,'विदलाई प्रतिक नै बनाउने हो भने जानकी नवमीबारे सरकारले पुनरावलोकन गर्नु जरुरी छ ।'

राष्ट्रिय विभूति वुद्धको जन्मजयन्ति मनाउन सरकारको तर्फबाट पहल भएझैं जानकी नवमीमा पनि सरकारी प्रयास आवश्यक रहेको बताउँदै प्राध्यापक लाभले भने,'सीता हिन्दूहरुको आस्थाका केन्द्र हुन् । वुद्ध जयन्ति राष्ट्रबाट मान्यताप्राप्त भएको र जानकी नवमीले मान्यता पाउन नसकेको सर्वसाधारणले महसुस गरेका छन् । सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने खाँचो छ ।'

जानकी नवमीकै सन्दर्भमा सरकारको भाषण र आचरणमा भित्रता रहेको अर्का प्राध्यापक भोगेन्द्र झाले टिप्पणी गर्दै यस्तो भित्रता नहुनुपर्ने बताए । 'सीतालाई राष्ट्रिय विभूतिको रुपमा भजाउने तर विभूतिको जस्तो मान्यता नदिने केन्द्र सरकारको विभेदपूर्ण मानसिकताको प्रतिक मैले बुझेको छु,' प्राध्यापक झाले बताए ।

विदा दिनुमात्रै सबै कुरा नरहेको भन्दै झाले भने,'जानकी नवमीमा विदा नै दिनुपर्ने जरुरी छैन् । तर, सरकारले विश्वव्यापीकरण गर्नु जरुरी छैन् । यसबाट कुनै व्यक्ति, कुनै समुदायलाई फाइदा नभइ समग्र राष्ट्रलाई नै लाभ हुन्छ । सीता राष्ट्रकै गौरव रहेको देखाउनपनि जानकी नवमीलाई वैश्विकरण  गर्नतर्फ पहल गर्नुपर्ने जरुरी छ ।'

राष्ट्रिय मान्यताका लागि जानकी नवमीको अवसरमा कमसेकम सार्वजनिक विदाको घोषणा गर्न आफूहरुले संघीय सरकारलाई पत्राचार गरेपनि कायान्वयन नगरेको प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए ।

'प्रदेश सरकारले जानकी नवमीमा सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ,' मन्त्री यादव भन्छन्,'तर जानकी नवमी प्रदेशमा मात्र सीमित नभएर देशव्यापी मनाइनुपर्ने हाम्रो मान्यता छ । सोहिअनुरुप हामीले चार महिनाअघि सार्वजनिक विदाको व्यवस्था गर्न संघीय सरकारलाई पत्राचार गरेका थियौं । तर विदा समावेश गरिएको छैन् ।'

सोमबार मनाइने जानकी नवमीमा पूजा गर्न  राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर आएकी छिन् । उनले जानकी नवमी समारोहको उद्घाटन गर्नुका साथै पूजाअर्चना समेत गरेकी छिन् ।

जानकी नवमीको अवसर पारेर जानकी मन्दिरले साताव्यापी कार्यक्रम गरिरहेको छ । यसअवसरमा प्रवचन, सांस्कृतिक प्रदर्शनी, रामायाण मेला, मंगलधुन, रामायणमा आधारित हाजिरीजबाफ प्रतियोगिता, शाही स्नान लगायतका कार्यक्रमहरुको आयोजना गरिएको छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।