हैदरावाद- चेन्नाइ सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ को उपाधि जितेको छ ।
आइतबार राति भएको उपाधि भिडन्तमा मुम्बईले अन्तिम बलमा डिफेन्डिङ च्याम्पियन चेन्नाइलाई १ रनले हराउँदै उपाधी जितेको हो । श्रीलंकाली बलर लसिथ मलिंगाले अन्तिम ओभरमा घातक बलिङ गरे र चेन्नाइलाई निश्चित देखिएको जितबाट रोकेका थिए ।
चेन्नइले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा दुई रन बनाउनुपर्नेमा त्यसलाई हात पार्न नसक्दा मुम्बईलाई उपाधी सुम्पिन चेन्नइ बाध्य भयो । चेन्नइका लागि सेन वाट्सनले ८० रन बनाएका थिए । तर, त्यसले पनि उपाधि दिलाउन सकेन।
यसअघि मुम्बईले पहिले ब्याटिङ गर्दै ८ विकेटमा १ सय ४९ रन बनाएको थियो । चेन्नाइका बलरको कसिकसाउ बलिङ अगाडि मुम्बईका अधिकास ब्याट्सम्यानले राम्रो सुरुआत लिएपनि त्यसलाई बलियो स्कोरमा परिणत गर्न सकेनन्।
१ सय ४९ रनको लक्ष्य दिएको मुम्बईले कसिलो बलिङ गर्दै चेन्नइमाथि रोमान्चक जीत हात पार्यो । आईपीएलको उपाधि मुम्बइले यो सहित चौथोपटक हात पारेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४