एजेन्सी- यसअघिको रियल मड्रिडका प्रशिक्षक हुँदा जिनेदिन जिदानसँगको सम्बन्धले चर्चामा रहेका बेल पुनः फेरी चर्चामा आएका छन् । रियलको प्रशिक्षकको रुपमा पनुः क्लमा फर्केका जिदानले बेललाई खेलाडीको प्लेईङ सेटबाट बाहिर राखे पछि बेल चर्चामा आएका छन् ।
उनले पछिल्लो खेल रायो भालेकानोसँंग खेलेका थिए । भालेकानोसँगको उनको प्रदर्शनलाई लिएर आलोचना गरिएको थियो । हजाँ रियल भालेकानोसँग पराजित भएको थियो । त्यस खेलसँगको प्रदर्शलाई लिएर आलोचित भएका बेललाई उक्त खेल रियलको जर्सीमा अन्तिम खेल हुन सक्ने बताईएको थियो ।
नभन्दै बेल दोस्रो खेलमा समेत प्लेईङ सेटबाट बाहिर परेका छन् । बेल आइतबार राती ला लिगमा हुने रियल सोसिडाडविरुद्वको खेलमा प्रशिक्षक जिदानले प्लेईङ सेटबाट बाहिर राखेका हुन् ।
प्रशिक्षक जिदानले बारम्बार बेललाई बेच्न चाहेको समाचार समते बाहिरिदै आएका छन् । प्रशिक्षक जिदानले यसअघि भिल्लारियलविरुद्वको खेलमा बेललाई प्लेईङ सेटबाट बाहिर राखेका थिए ।
रियलमा अझै बेलको सम्झौता अझै तीन सिजन बाँकी छ । उनले जारी सिजन ला लिगाका २९ खेलमा मात्र ८ गोल गरेका छन् । उनले सबै खाले ४२ खेलमा १४ गोल गरेका छन् । गत सिजन उनले ला लिगाका २६ खेलमा १६ गाले गरेका थिए । उनी २०१३-१४ को सिजनमा इंग्लिस क्लब टोटनहाम हट्सपरबाट रियल मड्रिड भित्रिएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४