बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेकपाको अन्तिम एकता जेठ ३ मा : को-को आउँदैछन् पोलिटब्युरोमा ?

नेकपाको अन्तिम एकता जेठ ३ मा : को-को आउँदैछन् पोलिटब्युरोमा ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सत्तारूढ नेकपाका शीर्ष नेताहरूले बाँकी एकता ३ जेठमा घोषणा गर्ने तयारी गरेका छन् । शीर्ष नेताहरुबीच पटकपटक भएको छलफलमा पार्टी एकताको वार्षिकोत्सव (३ जेठ) मा पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्य विभाजन र जनसंगठनहरूको एकीकरण गर्ने सहमतिमा भएको स्रोतले बतायो।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली बिहीबार कम्बोडिया भ्रमणमा गएका छन् । जेठ १ मा उनी फर्किएपछि सचिवालय बैठकबाट अन्तिम टुंगो लगाएर ३ जेठमा घोषणा गर्ने नेताहरूबीच समझदारी भएको स्रोतले बतायो। तत्कालीन एमाले र माओवादीबीच एकीकरण भएको ३ जेठमै एक वर्ष पुग्दैछ ।

चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीको एकतिहाइ रहने गरी एक सय ४७ सदस्यीय पोलिटब्युरो गठन गर्ने नेकपाको तयारी छ । पोलिटब्युरोमा साबिक एमालेबाट ८१ र माओवादीबाट ६६ जना रहने समझदारीअनुसार नेताहरूले सूची बनाएका छन् । एमालेबाट साबिक पोलिटब्युरो सदस्यबाहेक दुईपटक केन्द्रीय सदस्य भइसकेकामध्येबाट वरिष्ठताका आधारमा सूची तयार भएको छ ।

पूर्वमाओवादीबाट भने अध्यक्ष प्रचण्डले साबिक केन्द्रीय सचिवालय सदस्यमध्ये रामबहादुर थापा र नारायणकाजी श्रेष्ठसँगको परामर्शमा वरिष्ठताको मर्यादाक्रममा अगाडि रहेकालाई समेटेर सूची बनाएका छन् । स्थायी समितिका नेताहरूलाई केन्द्रीय विभाग, पोलिटब्युरो सदस्यलाई जिल्ला इन्चार्ज, केन्द्रीय सदस्यहरूलाई सहइन्चार्ज र क्षेत्रीय इन्चार्ज तथा विभिन्न जनवर्गीय संगठन र प्रतिष्ठानको इन्चार्ज बनाउने गरी कार्य विभाजनको प्रस्ताव बनिरहेको एक नेताले बताए ।

अध्यक्ष ओली, प्रचण्ड र वरिष्ठ नेता नेपालबीच जनसंगठनमा दुईदेखि तीनजनासम्म सहसंयोजक राख्नेसमेत छलफल भएको छ । जनसंगठनको एकता गर्दा दुवैतर्फका अध्यक्ष र महासचिवलाई समेट्न सहसंयोजक पद सिर्जना गर्ने गरी नेता समझदारीमा पुगेको स्रोतले बतायो । २२ मध्ये पाँच जनसंगठनको मात्रै एकीकरण सम्पन्न भएको छ ।

अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले माधव नेपाललगायतका नेतासँग छलफल गरेपछि पोलिटब्युरो गठनमा समेत अन्तिम तयारी गरेका छन् । प्रधानमन्त्री स्वदेश फर्किएपछि सचिवालय बैठक बसेर औपचारिक रुपमा पोलिटब्युरो सदस्यहरुको नाम लिस्ट पारित हुने नेकपा स्रोतले जनाएको छ ।

अध्यक्ष ओली भियतनाम र कम्बोडिया भ्रमणबाट फर्केपछि स्थायी कमिटी बैठकमार्फत पोलिटब्युरो गठन र जनवर्गीय संगठन एकीकरण टुंगो लगाउन छलफल भइरहेको एक नेताले बताए । केन्द्रीय कमिटीका सबै सदस्यहरुको कार्य विभाजनसमेत प्रस्ताव हुनेछ । अध्यक्ष ओली फर्किएपछि बस्ने बैठकमा कार्य विभाजन, पोलिटब्युरो र जनवर्गीय संगठन एकीकरणको प्रस्ताव जाने सम्भावना छ।

पोलिटब्युरो गठनमा पूर्वएमालेभित्र मापदण्डलाई लिएर अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच पटक-पटक छलफल भएपछि साबिक एमालेका पोलिटव्युरो सदस्यहरु स्वतः हुने र बाँकी सदस्य वरिष्ठताका आधारमा छान्ने सहमति भएको नेकपा स्रोतले जनाएको छ । वरिष्ठता मापन कतिपटक केन्द्रीय सदस्य बनेको भन्नेलाई बनाइएको छ । पार्टी एकताभन्दा अघि नै दुईपटक केन्द्रीय सदस्य भइसकेकाहरू मापदण्डमा परेका छन् ।

पूर्वमाओवादीमा भने कुनै मापदण्डले काम नगर्ने भएकाले तत्कालीन ९९ सदस्यीय सचिवालय सदस्यमध्येबाट ६५ जना सदस्य छानिने सम्भावना छ । अन्य पार्टीबाट एकता प्रक्रियामा आएकाहरुलाई समेत पोलिटब्युरोमा लैजानुपर्ने अवस्थामा एकाध सदस्य दुवै पक्षबाट थपघट हुनसक्ने स्रोतले जनायो ।

साबिक एमालेबाट तत्कालीन पोलिटब्युरोको ५९ जना सदस्यबाहेक २३ जना नयाँ थपिने सम्भावना छ । केन्द्रीय सचिवालयमा रहेका नेताहरु केपी ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल स्वतः पोलिटब्युरो सदस्य हुनेछन् ।

त्यस्तै स्थायी कमिटीमा रहेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, रघुवीर महासेठ, रघुजी पन्त, बेदुराम भुसाल र विष्णु रिमाल स्वतः पोलिटब्युरो सदस्य हुनेछन् ।

अनुशासन आयोग, सल्लाहकार परिषद् र लेखापरीक्षण आयोगका अध्यक्षहरु अमृत बोहोरा, केशव बडाल र पुष्प कँडेल पनि स्वतः पोलिटब्य्रो सदस्य हुनेछन् ।

तत्कालीन एमाले पोलिटब्युरो सदस्य रहेका प्रदीप नेपाल, शेरधन राई, काशीनाथ अधिकारी, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, नागेन्द्र चौधरी, प्रकाश ज्वाला, परशुराम मेघी गुरुङ, सोमनाथ प्यासी, अरुण नेपाल, पशुपति चौलागाई, विन्दा पाण्डे, भानुभक्त ढकाल, महेन्द्रबहादुर पाण्डे नेकपामा पनि पोलिटब्युरो हुनेछन् ।

त्यस्तै यमलाल कँडेल, राधा ज्ञवाली, रामप्रित पासवान, लालबाबु पण्डित, विजय पौडेल, श्रीमाया थकाली, कर्णबहादुर थापा, गोकुल घर्ती, गोरखबहादुर बोगटी, गौरा कोइराला, जगत विश्वकर्मा, जगन्नाथ खतिवडा, तुलबहादुर गुरुङ, दलबहादुर राना, वंशीधर मिश्र, भागवत विश्वासी, युवराज कार्की, योगनारायण यादव, सत्रुघन महतो पोलिटब्युरो सदस्य बन्नेछन् ।

यीबाहेक पूर्वएमालेबाट बढीमा २३ जना सदस्य थपिनेछन् । दुईपटकभन्दा बढी केन्द्रीय सदस्य भइसकेका र पाँचांै महाधिवेशनकै केन्द्रीय सदस्य भए पनि हालसम्म पोलिटब्युरोमा नपुगेहरुमध्येबाट ल्याउने सहमति नेताहरुबीच भएको छ । यसअघि पोलिटब्युरो सदस्य भएका तर नवौं महाधिवेशनमा हारेकाहरु पनि सो मापदण्डमा परेका छन् ।

नेकपामा ०४९ सालअघि नै केन्द्रीय सदस्य भइसकेका घनेन्द्र बस्नेत, केदार न्यौपाने, देवराज घिमिरे, नरेश खरेल यसपटक पोलिटब्युरो सूचीमा छन् । त्यस्तै यसअघि पोलिटब्युरो सदस्य भएका तर एमालेको नवौं महाधिवेशनमा हारेका खगराज अघिकारी, कृष्णगोपाल श्रेष्ठ र धर्मनाथ साह पोलिटब्युरोमा प्रस्तावित छन् ।

यी बाहेक दुईपटक वा सोभन्दा बढी केन्द्रीय सदस्य भएकामध्येबाट कृष्णगोपाल श्रेष्ठ, गुरु बराल, भानुभक्त जोशी, बिजय सुब्बा, केशवलाल श्रेष्ठ, रामचन्द्र यादव, शेरबहादुर तामाङ, राजेन्द्र राई, जीवनराम श्रेष्ठ, ठाकुर गैरे, जयन्ती राई, चूडामणि जंगली विश्वकर्मा, सुशीला नेपाललगायतको नाम पनि पेस भएको  छ ।

पूर्वमाओवादीबाट ६२ जना पोलिटब्युरो सदस्यमध्ये हाल स्थायी कमिटी तथा सचिवालयमा रहेका १९ जना स्वतः पर्नेछन् । अरु नेताहरुलाई समेट्न प्रचण्डले छलफल गरेर तत्कालीन ९९ सदस्यीय सचिवालयभित्रबाट छानेका छन् ।

यसअघि माओवादीमा ठूलो कमिटी रहेको र विभिन्न पार्टीबाट आएकाहरुलाई पनि समेट्नुपरेकाले भद्रगोल अवस्था छ ।

सचिवालय र स्थायी कमिटीमा रहेका प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, अमिक शेरचन, वर्षमान पुन, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, देव गुरुङ, गणेश शाह पोलिटब्युरो सदस्य हुनेछन् ।

त्यस्तै पम्फा भुसाल, लीलामणि पोखरेल, मातृका यादव, अग्नि सापकोटा, ओनसरी घर्ती, लेखराज भट्ट, शक्ति बस्नेत, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, राम कार्की, हितमान शाक्य, चक्रपाणि खनाल, मणि थापा, जयपुरी घर्ती, नारायण शर्मा, कुलप्रसाद केसी, दीनानाथ शर्मा र तिलक परियार पनि पोलिटब्युरो सदस्य हुँदैछन् ।

त्यसैगरी पूर्वमाओवादीबाट हितराज पाण्डे, विश्वनाथ साह, डिलाराम आचार्य, श्रीराम ढकाल, उर्मिला अर्याल, प्रभु साह, टंक राई, रामचन्द्र झा, रामेश्वर राय यादव, नारायण दाहाल, पासाङ शेर्पा, परशुराम तामाङ, हितबहादुर तामाङ, जगप्रसाद शर्मा, कमला रोक्का, झक्कु सुवेदी, सुरेश आलेमगर, महेश्वर दाहाल, सूर्य सुवेदी पथिक, अमृता थापा, कमल चौलागाई पनि पोलिटब्युरोमा प्रस्तावित छन् ।

यीबाहेक कालीबहादुर मल्ल, जोखबहादुर महरा, गणेशमान पुन, हरिराज अधिकारी, टंक आङ्बुहाङ, सुरेशुकमार राई, महेश्वर गहतराज, अञ्जना विशंखे, कृष्णध्वज खड्का, शिवकुमार मण्डललगायतका नेता तत्कालीन माओवादीबाट पोलिटब्युरो सदस्य बन्दैछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।