शुक्रबार, वैशाख १४, २०८१

२० जनालाई नइ पुरस्कार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – वाङ्मय शताब्दी पुरूष डा. सत्यमोहन जोशीले शनिबार राजधानी काठमाडौंमा देशदेशान्तरका २० जना स्रष्टाहरूलाई नइ पुरस्कार प्रदान गरिएको छ। नइ प्रकाशनले हरेक वर्ष वाङ्मय शताब्दी पुरूष डा. सत्यमोहन जोशीकै जन्मोत्सवका अवसरमा आफ्नो वार्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।  

नइ प्रकाशनका तर्फबाट डा. सत्यमोहन जोशीलाई जरीजडित दुबोको माला लगाएर बधाई ज्ञापन गरियो। स्रष्टाद्वय प्रा. राजेन्द्र सुवेदी र प्रा. डा. महादेव अवस्थीले माला लगाएर वाङ्मय शताब्दी पुरूषको थप कीर्तिमय र दीर्घ जीवनको कामना गरेका थिए। साथै जोशीको १०० औं जन्मोत्सवका अवसरमा नइबाट उनलाई शुभकामना अर्पण गरेका थिए।

समारोहमा वाङ्मय शताब्दी पुरूष डा. सत्यमोहन जोशीले दुई लाख रुपियाँ राशि र ताम्रपत्र सहित ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ सुप्रसिद्ध साहित्यकारद्वय भारतका १०१ वर्षीय हाइमनदास राई किरात र ८६ वर्षीय डा. लक्खीदेवी सुन्दासलाई प्रदान गरे। 

नेपाली वाङ्मयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमासमेत महत्वपूर्ण योगदान पु¥याएबापत किरात र सुन्दासलाई सो पुरस्कार प्रदान गरिएको हो। यो पुरस्कार नेपाली–गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिन्छ। 

त्यसै गरी सनातन हिन्दूधर्म, संस्कृतिको संवद्र्धन, संरक्षण तथा जागरणका लागि मन, वचन र कर्मबाट समर्पित श्री १००८ स्वामी रमणानन्द गिरीलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरिएको छ।

नेपालको राष्ट्रियता र राष्ट्रिय भौगोलिक अखण्डताका लागि सदैव चिन्तन, विश्लेषण र प्रचारप्रसारमा समर्पित भएर मातृभूमिप्रति दिएको विशिष्ट योगदानका निम्ति चन्द्रप्रकाश मैनालीलार्ई ‘नइ कीर्तिनिधि पुरस्कार’ प्रदान गरिएको छ।

त्यसै गरी नेपाली भाषाको श्रीवृद्धिका लागि अनवरत समर्पित रहँदै देशदेशान्तरमा नेपाली साहित्यको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदानका निम्ति प्रा. डा. चूडामणि बन्धुलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गरिएको छ। 

नेपालको आधुनिक इतिहासलाई निष्पक्ष र सकारात्मक रुपमा परिमार्जन गर्दै नेपालको इतिहासको अध्ययनमा नै समर्पित प्रा. डा. त्रिरत्न मानन्धरलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गरिएको छ। 

नेपालबाहिर रहेर नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारका लागि सृजनात्मक र सङ्गठनात्मक रूपमा निरन्तर समर्पित अमेरिकाका गोविन्द गिरी प्रेरणालाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गरियो। यो पुरस्कार विदेशमा बसेर नेपाली साहित्यको सेवा गर्ने नेपाली–गोर्खाली मूलका स्रष्टालाई मात्र प्रदान गरिन्छ। 

साढे सात दशकअघिदेखि चित्रकलामा अविछिन्न समर्पित रहँदै नेपालमा पहिलोपल्ट एकल चित्रकला समेत प्रदशर्नी गर्ने गेहेन्द्रमान अमात्यलाई ‘नइ यउजा पुरस्कार’ समर्पण गरिएको छ।

काठमाडौं उपत्यका बाहिर रहेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउने स्याङ्जाका देवीप्रसाद वनवासीलाई ‘नइ धनरुप पुरस्कार’ समर्पण गरिएको छ। यो पुरस्कार राजधानी बाहिर बसेर नेपाली साहित्यको सेवा गर्ने स्रष्टालाई मात्र प्रदान गरिन्छ। 

यी सातैवटा पुरस्कार ताम्रपत्र सहित जनही एकएक लाख रूपियाँ राशिका रहेका छन्। समारोहमा ताम्रपत्र सहित ३ जना व्यक्तित्वलाई जनही ५० हजार रूपियाँ राशिका पुरस्कार समर्पण गरिएको थियो। 

नइ प्रकाशनद्वारा मन, वचन र कर्मले स्वास्थ्यविज्ञानमा समर्पित भई जनस्वास्थ्यका लागि अनुकरणीय योगदानका निम्ति प्रा. डा. महेश खकुरेललाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ समर्पण गरियो।

त्यसै गरी नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि सृजनात्मक र सङ्गठनात्मक रुपमा समर्पित भई  देशदेशान्तरमा नेपाली भाषा र साहित्यको गरिमा बढाएबापत श्री मोहन दुवाललाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ समर्पण गरिएको थियो। 

उपत्यका बाहिर बसेर नेपाली भाषासाहित्य र शिक्षासेवामा निरन्तर समर्पित रहँदै पुर्याएको विशिष्ट योगदानका निम्ति नेपालगञ्जकी श्रीमती किरण आचार्यलाई ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ। यो पुरस्कार राजधानी बाहिर बसेर नेपाली साहित्यको सेवा गर्ने नारी स्रष्टालाई मात्र प्रदान गरिन्छ।

नइ प्रकाशनले आआफ्नो अध्ययनमा संलग्न भई विविध वाङ्मयिक गतिविधिमा समर्पित १५ बर्ष सम्मका ५ जना बालबालिकालाई ताम्रपत्रका साथ जनही १० हजार रूपियाँ राशि सहित ‘नइ बाल पुरस्कार’ समर्पण गरेको छ। 

यसरी पुरस्कृत हुनुहुनेहरू बहुआयामिकतर्फ जेनी मानन्धर, साहित्यतर्फ प्रारम्भ अधिकारी, चित्रकलातर्फ विमल शाही, नृत्यतर्फ पालिस्था नापित र खेलकुदतर्फ निशान पन्थी रहेका छन्।

१० वर्ष उमेर समूहका गायनमा हिमानी प्रधान र नृत्यमा अपेक्षा शेरचनलाई ताम्रपत्रका साथ जनही ७ हजार रूपियाँ राशि सहित ‘नइ कोपिला पुरस्कार’ समर्पण गरियो।   

त्यसै गरेर ३ वर्र्षीय स्वकिृति दाहाललाई ताम्रपत्रका साथ ५ हजार रूपियाँ राशि सहित ‘नइ चिचिला पुरस्कार’ समर्पण गरिएको छ।

श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशी, प्रा. डा. चूडामणि बन्धु र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट मन्तव्य प्रकट भएको थियो। 

समारोहमा पुरस्कृतहरूलाई नइ प्रकाशनका कार्यक्रम संयोजक श्रीमती भगवती बस्नेतले नइ प्रकाशनको प्रतीक चिन्ह समर्पण गरे। 
 
समारोहमा इन्दिरा प्रसाईबाट कविता वाचन गरिएको यियो भने पुरस्कृत बालबालिकाद्वारा नृत्य र गायन प्रस्तुत गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।