शुक्रबार, वैशाख ७, २०८१

युवकले आफ्नै छातीमा हाने गोली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – मोरङमा एक युवकले आफ्नै छातीमा गोली प्रहार गरेका छन्। उनले पेस्तोलमार्फत शुक्रबार राति छातीमा गोली प्रहार गरेका हुन्। मोरङको कटहरी गाउँपालिका १ राजवंशी चोकका २५ वर्षीय अन्स सिंह भनिने रुपेश कामतले आफैंलाई गोली प्रहार गरेका थिए।

घरमा कोही नभएको बेला आफैमाथि गोली प्रहार गरेका उनले घाइते भएपछि  प्रहरीलाई आफैले खबर गरेका थिए। लगत्तै घटनास्थल पुगेको प्रहरीले उनलाई गम्भिर अवस्थामा कोशी अस्पताल विराटनगर लगेको भएपनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल अस्पताल लगिएको छ।

घाइते युवकले पेस्तोल कहाँबाट ल्याए र के कारणले उनले आफैलाई गोली प्रहार गरे भन्ने नखुलेको र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।