मंगलबार, वैशाख ११, २०८१

रेशम चौधरीलाई रिहा गराउन आन्दोलनको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – टीकापुर घटनामा आजीवन कारावासको सजाय भोगीरहेका रेशम चौधरीसहित ११ जनाको रिहा गराउन आन्दोलनको घोषणा भएको छ। सप्तरीको कञ्चनरुप नगरपालिकाको बलुवामा आयोजित ‘थारु राष्ट्रिय भेला–२०७६’ ले रेशमसहित टीकापुर घटनामा कारावासमा रहेको अन्य ११ जनालाई रिहा गराउन आन्दोलनको घोषणा गरेको हो।

भेलाले ‘माननीय रेशम चौधरी बचाऔं अभियान संघर्ष समिति’ मार्फत आन्दोलन गर्ने घोषणा गरेको छ। तीन दिनसम्म चलेको भेलापछि शुक्रबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी रेशम चौधरीलाई रिहा गराउन आन्दोलन चर्काउने निर्णय भएको जानकारी दिइएको छ।

रेशम चौधरीसहित कारावासमा रहेका अन्य ११ जनालाई रिहाइका लागि आन्दोलनको वातावरण बनाउन भेलाले राज थारुको संयोजकत्वमा १०१ सदस्यीय संघर्ष समितिसमेत गठन गरेको छ।

भेलाले रेशम चौधरी बचाऔं अभियान, मेची–महाकाली जागरण अभियान, पूर्वदेखि पश्चिमसम्म संगठन निर्माण र सचेतना कार्यक्रम, प्रधानमन्त्री, गृहमन्त्री तथा सभामुखलाई ज्ञापनपत्र बुझाउने, मानवअधिकार आयोग, कुटनीतिक नियोगजस्ता निकायलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ। यसैगरी भेलाले प्रदेशस्तरीय र काठमाडौं केन्द्रीत जनसभा तथा अन्य दबाबमूलक आन्दोलन गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

थारुहरुको भेलाले थरुहट आन्दोलन तथा टीकापुर घटनाका आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्ता, थारुहरुको घर, पसल जलाउने माथि कारबाही, थरुहट आन्दोलनका पीडित तथा सहीद परिवारलाई क्षतिपूर्ति र आन्दोलनका क्रममा भएको सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।

थरुहट–थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा भएको टीकापुर घटनामा कैलाली जिल्ला अदालतले रेशम चौधरीसहित ११ जनलाई जन्मकैदको सजाय सुनाएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।