बिहीबार, वैशाख १३, २०८१

एक क्विन्टल गाँजासहित दुई पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – प्रहरीले सर्लाहीबाट ठुलो परिमाणमा लागुऔषध गाँजासहित दुईजनलाई पक्राउ गरेको छ। प्रहरीले सर्लाहीको लालबन्दीबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१४ गंगटेबाट स्थानीय ३३ वर्षीय सानो कान्छा योन्जन र पर्सा जिल्लाको पर्सागढी नगरपालिका–९ मनवा बजार बस्ने ३४ वर्षीय प्रगन सहनी रहेको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट सय केजी गाँजा र गाँजा प्रशोधन गर्ने औजारसमेत फेला परेको प्रहरीले जनाएको छ। गंगटेमा गाँजा प्रशोधन गर्ने कारखाना सञ्चालन गरेर नेपाली तथा भारतीय ग्राहकहरुलाई बिक्रिगर्ने काम भइरहेको सूचनाको आधारमा प्रहरीले छापामारी गरेपछि उक्त परिमाणमा गाँजा र औजारहरु फेला परेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।

प्रहरीले जनाएअनुसार उनीहरु काँचो गाँजालाई प्रशोधन गरी भारततर्फ तस्करीसमेत गर्दै आइरहेका थिए। पक्राउ परेका दुबैजना लागुऔषध ओसारपोसारमा लागेका पेशेवर तस्करहरु रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका दुबैजनाविरुद्ध थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।