शुक्रबार, वैशाख ७, २०८१

मुलुकभर १६७० स्थानमा डढेलो, ६४ प्रतिशत जानीजानी  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- पछिल्लो २४ घण्टाको विवरण हेर्दा मुलुकभरका वनजङ्गलमध्ये एक हजार ६७० स्थानमा डढेलो लागेको देखिएको छ ।

अमेरिकी वैज्ञानिक संस्था नासाको मोडिस् स्याटलाइटले पठाएको तस्बीरमा नेपालका ३५ जिल्लामा आगलागी भएको देखिएको हो । जसमध्ये सबैभन्दा बढी कैलालीमा ४१७ स्थानमा वन डढेलो लागेको देखिएको छ । 
 
नासाको उक्त तस्बीरका आधारमा हेर्दा कञ्चनपुरमा १९१, डडेल्धुरमा १८८, दाङमा १७५, सुर्खेतमा १४६, बर्दियामा १३३, सल्यानमा १००, डोटीमा ६७, बाँकेमा ५५, अर्घाखाँचीमा ५० अछाममा ४१, प्यूठानमा २३, बैतडी र दैलेखमा १४÷१४, गुल्मीमा नौ, धादिङ र सिन्धुपाल्चोकमा सात÷सात स्थानमा डढेलो लागेको देखिएको छ । यसबाहेक अन्य जिल्लाका एक÷दुई स्थानमा डढेलो लागेको देखिन्छ । 

वन तथा वातावरण मन्त्रायलयका उपसचिव एवं डढेलो विज्ञ सुन्दर शर्माका अनुसार नेपालमा वैशाख दोस्रो साता सबैभन्दा बढी डढेलो लाग्ने समय हो । साथै ८० प्रतिशतभन्दा बढी आगलागी मध्य फागुनदेखि मध्य वैशाखसम्म लाग्ने गरेको छ । यस वर्ष सबैभन्दा बढी यसअघि वैशाख १६ गते एक हजार ८७१ स्थानमा डढेलो लागेको थियो । 
 
विगत वर्षको तुलनामा डढेलोका घटना बढिरहेको देखिए पनि यस वर्ष ठूलो क्षति भएको खबर प्राप्त नभएको उनले बताए । डढेलोका घटनाका सम्बन्धमा मन्त्रालयले सम्बन्धित वन डिभिजन कार्यालयलाई खबर गर्नुका साथै सतर्कता अपनाउन निर्देशन दिइसकेको छ । यद्यपि डढेलोको प्रतिकार्यका लागि तीनै तहका सरकारसँग पर्याप्त उपकरण र जनशक्ति नभएको मन्त्रालयको स्वीकारोक्ति छ ।
 
जलवायु परिवर्तनका कारणले तापमानमा वृद्धि हुँदा विश्वमै डढेलोका घटना बढेको डढेलो विज्ञ शर्माको भनाइ थियो । नेपालमा डढेलो नियन्त्रण सरकारको उच्च प्राथमिकतामा पनि पर्न नसकेको सरोकारावालाको भनाइ छ । यद्यपि मन्त्रालयले वन डढेलोबाट हुने क्षति रोक्न पहिलो पटक यस वर्ष सतर्कता प्रणाली (अलर्ट सिष्टम) सहितको ‘अग्नि नियन्त्रण कक्ष’ स्थापना गरे पनि त्यो अझै पूर्ण सञ्चालनमा आइसकेको छैन । 
 
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०को प्राविधिक सहयोगमा वन तथा भू–संरक्षण विभागमा स्थापना गर्न लागेको उक्त कक्ष सञ्चालनमा ल्याइने तयारी भईरकेको सो कक्षका सम्पर्क व्यक्ति शर्माले जानकारी दिए । 
 
नासाको स्याटलाइटले गुगलअर्थमा निरन्तर पठाउने डढेलोसम्बन्धी तस्वीर ९५ प्रतिशतभन्दा बढी विश्वासनीय हुन्छ । नासाको स्याटालाइटले जमीनमा कम्तीमा १०० मिटर ग्रिडसम्मको आगोको बारेमा मात्र सङ्केत दिने गर्छ । सानातिना आगो वा घरका छानाले ढाकेका आगो नदेखिन सक्छ । 

६४ प्रतिशत डढेलो जानीजानी  
 
नेपालमा ६४ प्रतिशत वन डढेलो व्यक्तिले जानीजानी लगाउने, ३२ प्रतिशत लापरवाही तथा दुर्घटनाबाट हुने र चार प्रतिशत अन्य स्रोतबाट आगलागी हुने गरेको छ । 
 
नयाँ पालुवा आउने उद्देश्यले सुकेका पातमा आगो लगाउने गरिन्छ । तसर्थ यो जनताको जीविकोपार्जनसँग सम्बन्धित भएकाले यसमा वैकल्पिक व्यवस्थाका बारेमा सचेत गराउनुपर्ने आवश्यकता देखिन्छ । 

वन डढेलोले आगलागीको घेरामा परेर मानिसको मृत्यु हुने, धनसम्पत्ति, बस्तुभाउ र जङ्गली जनावर नष्ट हुने, जैविक विविधताको विनाश, मानिसको स्वास्थ्य र वातावरणमा ठूलो असर पर्ने गरेको छ । 

प्रत्येक वर्ष चैत वैशाखको सुक्खा समयमा तराई र पहाडका वनमा जनचेतनाको कमीका कारण मानव सिर्जित कारणले ठूलो क्षेत्रमा डढेलो लाग्ने गरेको छ । वनमा नियतबस, अञ्जानमा र दुर्घटनाबस मानव सिर्जित कारणबाट हुने डढेलो मौसमको तापक्रम, भू–बनोट र वनस्पतिमा आधारित रहेर फैलिन्छ । 

डढेलोले सबै वनक्षेत्र विनाश नहुने भए पनि साना बिरुवा, घस्रिने तथा छिटो दौडन नसक्ने जनावरको बढी क्षति हुने गरेको छ । विगत एक दशकको तथ्याङ्क हेर्दा नेपालमा डढेलोबाट वार्षिक नौ जनाको ज्यान जाने गरेको छ । रासस
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।