काठमाडौं- नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले तयार पारेको प्रतिवेदन आज बुझाउने भएको छ। समितिले प्रतिवेदन सोमबार अपराह्न ५ बजेभित्र बुझाउने तयारी गरेको छ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको समय माग गरिएको बताउँदै समिति सदस्य रमेश लेखकले आजै प्रतिवेदन बुझाइने बताए।
आइतबार नै बुझाइने भनिएको प्रतिवेदन जनै पूर्णिमा पर्व तथा केही विषयको विवादले बुझाउन नसकिए पनि आज साँझ ५ बजेपछि प्रतिवेदन बुझाउने नेता लेखकले जानकारी दिए।
गएको साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा रिजाल र रमेश लेखक सदस्य रहेको क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो।