शुक्रबार, वैशाख १४, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज वैशाख २६ गते बिहीबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

निर्मलालाई जिउँदै जलाउने श्रीमान् प्रहरी फन्दामा

 श्रीमतीलाई जिउँदै जलाएर हत्या गर्ने श्रीमान् पक्राउ परेका छन्। धनुषाको शहीदनगर नगरपालिका–१ चिरैयाटोल घरभएका २४ वर्षीय मुकेश गोइत यादवलाई प्रहरीले पक्राउ गरेको हो।

प्रचण्डले मनाए विवाहको ५०औं वर्षगाँठ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवाहको ५०औं वर्षगाँठ भव्यताका साथ मनाएका छन्। प्रचण्डले विहीबार खुमलटारस्थित निवासमा विशेष समारोहका बिच विवाहको ५०औं वर्षगाँठ मनाएका हुन्। 

कोरियाली अग्‍नी पीडितलाई नेपाली समुदायको सहयोग

पूर्वराजा बीरेन्द्रको पालासम्म नेपालले दैविक प्रकोप वा विभिन्न खालका विपत्तिमा विदेशी मुलुकलाईसमेत सहयोग गरेको खबर सुन्न र पढ्न पाइन्थ्यो। 

वडाध्यक्षको अधिकारमाथि नगरप्रमुखको हस्तक्षेप

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द पुनले वडाअध्यक्षको अधिकारमाथि हस्तक्षेप गरेका छन्। मेयर पुनले वडा नम्बर १२ का वडाध्यक्ष गोविन्द डाँगीको अधिकारमाथि हस्तक्षेप गरेका हुन्। 

जीपको ठक्करबाट बालकको मृत्यु, राजमार्ग अवरुद्ध

 बैतडीमा जीपको ठक्करबाट एक बालकको मृत्यु भएको छ। बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ६ मा जीपले ठक्कर दिँदा तीन वर्षीय युकेश साउँदको मृत्यु भएको बैतडी प्रहरीले बताएको छ।

विश्व बाल पुरस्कारको विजेता घोषणा

यो वर्षको विश्व बाल पुरस्कार डा. अशोक दयाल चन्दले जितेका छन्। उनले चालिस वर्षदेखि बाल शोषण, बाल विवाहको विरुद्धमा आवाज उठाउँदै आएका छन्। उनलाई स्वीडेनका रानी सोफिया बाट सम्मानित गरिएको छ। 

सरकारी जग्गा अनियमितता : कर्मचारीको संलग्नताबारे छानबिन सुरु

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले अतिक्रमित सरकारी जग्गामा कर्मचारीको संलग्नताबारे छानबिन सुरु गरेको छ। ललिता निवासलगायत सरकारी जग्गामा अनियमितताको समाचार बाहिर आएपछि बालुवाटार तथा त्यस वरपर क्षेत्रका करीब ४८५ कित्ता जग्गा रोक्का गरेको मन्त्रालयले त्यसमा संलग्न कर्मचारी, भूमाफियालगायत अन्य पक्षको अनुसन्धान गर्न लागेको हो।

सात हजार घुससहित निमित्त प्रमुख पक्राउ

रुकुममा सेवाग्राहीसँग घुसलिँदै गरेको अवस्थामा एकजना वनका कर्मचारी पक्राउ परेका छन्। रुकुम पश्चिमको चौरजहारी नगरपालिका–११ मा रहेको चौफास्थित सवडिभिजन वन कार्यालयका निमित्त प्रमुख महेन्द्र विसी सात हजार घुससहित पक्राउ परेका हुन्।

‘प्रसङ्ग’ बहुभाषिक राष्ट्रिय त्रैमासिक पत्रिकाको लोकार्पण’

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले कला र संस्कृतिको माध्यमबाट सबै दललाई एकै ठाउँमा ल्याएर समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने बताएका छन्। बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान र संस्कृति विभाग अनुसन्धान, उद्यमशीलता एवम् दिगो विकास केन्द्र धनगढीको आयोजनामा आयोजिक ‘प्रसङ्ग’ राष्ट्रिय त्रैमासिक पत्रिकाको लोकार्पण एवं कार्यपत्र प्रस्तुत कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले उक्त कुरा बताएका हुन्।

'शब्दमा निहुँ खोज्‍ने कांग्रेस महेन्द्रको जय नेपालवादी'

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कांग्रेसले ’मेरो सरकार’ को विषय निकालेर निहुँ खोजेको आरोप लगाएका छन्। मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले राजा महेन्द्रले प्रयोगमा ल्याएको ’जय नेपाल’ भन्ने कांग्रेसले ’मेरो सरकार’ को विषय लिएर अनावश्यक निहुँ खोजिरहेको आरोप लगाए। 

एसएसपी धिरजले सुनाए गुण्डानाईके नियन्त्रणदेखि इन्काउन्टरसम्मको अनुभव

२०७५ वैशाख ४ गते महाशाखाको नेतृत्व सम्हाल्न पुगेका नेपाल प्रहरीका एसएसपी धिरज प्रताप सिंहले गुण्डागर्दी नियन्त्रण गर्न कठोर बने। उनले अधिकांश गुण्डा नाईके र टोले गुण्डालाई जेलमा हाल्न प्राथमिकता दिए। उनले फिरौतीलाईसमेत हटाउने प्रयास गरे। 

मधेशमा ‘मधेश र फोरम’ को विसर्जन

संघीय समाजवादीफोरम र नयाँशक्ति पार्टी एकीकरण हुने टुंगो लागेसँगै देशको राजनीतिमा एक नयाँ तरंग थपिएको छ। यो समीकरणपछि देशको अन्य राजनीतिमाथि के कस्तो प्रभाव पर्यो ? त्यसको आँकलन विस्तारै हुँदै गर्ला तर हाललाई तराई मधेशको राजनीतिभने नयाँ ढंगले प्रभावित हुन पुगेको कुरालाई अस्वीकार गर्न सकिँदैन। 

डा. भट्टराईसामु पार्टी एकताको असन्तुष्टि 

पार्टी एकतामा असन्तुष्ट नयाँ शक्तिका तत्कालिन नेता तथा कार्यकर्ताले डा बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझएका छन्। 

अमेरिकामा किन बढ्दैछ प्रसूतिजन्य मृत्युदर ?

संयुक्तराज्य अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढेको एक अनुसन्धानले देखाएको छ। यस्तो समस्या खासगरी अमेरिकाका कालाजातिका महिलामा बढी देखिएको छ।

सडकमा माग्दा माग्दै बसेको प्रेमले बनायो 'साहुनी' 

ओखल्ढुङ्गाकी जुना कुमारी न्यौपानेको जीवन अहिले तानाव मुक्त छ। कुनै बेला सडकमा मागेर गुजारा गर्ने उनी अहिले साहुनी बनेकी छन्। उनले मागेर गुजारा गर्दागर्दै अर्का मागेर गुजरा गर्नेलाई पनि साहु बनाइन्। माग्दा माग्दै उनीहरुबीच बसेको माया प्रितिले अन्ततः दुबैलाई साहु र साहुनी बनायो। 

महिलाले वृद्धलाई दिसा खुवाएपछि...

सुर्खेतमा एक महिलाले ६० वर्षीय वृद्धलाई दिसा खुवाएकी छिन्। बराहताल गाउँपालिका वडा नं ७ करगें का ६० वर्षीय तेज बहादुर खत्रीलाई सोही ठाउँ बस्ने ४६ वर्षीय भविसरा दंगालीले झुक्काएर दिसा खुवाएकी हुन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दिसा खुवाउने दंगालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रधानमन्त्री ओली भियतनाम प्रस्थान, यस्तो छ भ्रमण तालिका

भियतनाम र कम्बोडियाको साता व्यापी भ्रमणका लागि बिहीबार (आज) प्रधानमन्त्री केपीशर्मा ओली त्यसतर्फ प्रस्थान गरेका छन् । 

८० लाखको पानी हालेपनि धुलो कम नभएपछि बौद्ध सडक बन्द 

लामो समयदेखि निर्माणाधीन चावहिल-साँखु सडकखण्ड कालोपत्र नहुुँदा मारमा परेका बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले यातायात अवरुद्ध पारेका छन् ।

कन्टेनर नहुँदा सुत्केरीको सालनाल बिरामीकै झोलामा

प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको लापरवाहीका कारण सेवा लिन आउने बिरामी समस्यामा परेका छन् । स्वास्थ्य केन्द्रमा अव्यवस्थित प्रसूति सेवाकक्ष साथै आवश्यक सामग्रीको अभाव भएकै कारण सुत्केरी अवस्थाका महिला यसको शिकार भएका हुन् ।

आज कानुन दिवस : प्रधानन्यायाधीशले दिए यस्तो सन्देश

नेपालमा आधुनिक न्याय प्रणालीको शुरुवात भएको सम्झनामा आज राष्ट्रिय कानुन दिवस मनाइदै छ । २००९ साल वैशाख २६ गते नेपाल प्रधान न्यायालय ऐन लागू भएको सम्झनामा हरेक वर्ष वैशाख २६ गते कानुन दिवस मनाइँदै आएको छ।

प्रधानमन्‍त्री आज भियतनाम जाँदै, यस्तो छ साताव्यापी भ्रमण तालिका

भियतनाम र कम्बोडियाको साता व्यापी भ्रमणका लागि बिहीबार (आज) प्रधानमन्त्री केपीशर्मा ओली त्यसतर्फ प्रस्थान गर्दैछन् ।

एकाबिहानै टोखा बजारमा चितुवा पस्यो

काठमाडौंको टोखास्थित ग्रान्डी हस्पिटल नजिकैको वस्तिमा चितुवा पसेको छ । एकाबिहानै बस्तीमा चितुवा देखिएपछि स्थानीयबासी त्रसित भएका छन् ।

 विस्फोटक पदार्थसहित विप्लव समूहका पोलिटब्यूरो सदस्य पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पोलिटब्यूरो सदस्य भरत बमलाई बाँकेमा विस्फोटक पदार्थसहित प्रहरीले पक्राउ गरेको छ ।

यसरी शुरु भयो रातो मछिन्द्रनाथको जात्रा (भिडियोसहित)

वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्रा शुरु भएको छ । मछिन्द्रनाथको पुल्चोकमा रहेको रथलाई बुधबार साँझ तानेर गाबहाल पुर्‍याएको छ । 

के सलमान पिता बन्‍नै लागेका हुन् ?

सलमान खान आजभोली ‘दबंग–३’ को सुटिङ्गमा व्यस्त छन्। यसका साथै उनी आफ्नो आउँदै गरेको फिल्म ‘भारत’को प्रचारमा पनि व्यस्त छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।