धनगढी – बैतडीमा जीपको ठक्करबाट एक बालकको मृत्यु भएको छ। बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ६ मा जीपले ठक्कर दिँदा तीन वर्षीय युकेश साउँदको मृत्यु भएको बैतडी प्रहरीले बताएको छ।
गोकुलेश्वरबाट सतबाँझ जाँदै गरेको से १ ज ६०३ नम्बरको जीपले बालकलाई ठक्कर दिएको हो। जीपको ठक्करबाट घाइते भएका बालकको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बैतडी प्रहरीका प्रवक्ता दिपक पातलीले जानकारी दिए। जीप र चालक विक्रम विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दोषीलाई कारबाहीको माग राख्दै स्थानीयले अहिले महाकाली राजमार्गको सतबाँझ गोकुलेश्वर सडकखण्ड अन्तर्गत बांगाबगरमा सडक अवरुद्ध गरेका छन्। सडक अवरुद्ध हुँदा यात्रु मारमा परेका छन्। दोषीलाई कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४