काठमाडौं – यो वर्षको विश्व बाल पुरस्कार डा. अशोक दयाल चन्दले जितेका छन्। उनले चालिस वर्षदेखि बाल शोषण, बाल विवाहको विरुद्धमा आवाज उठाउँदै आएका छन्। उनलाई स्वीडेनका रानी सोफिया बाट सम्मानित गरिएको छ।
यस्तै गाइल्यान्डि मिसाडिउ ४५ मतका साथ दोस्रो भएका छन्। उनले विगत २० वर्षदेखि सडक बालबालिका र जेलमा रहेका बालबालिकाको हक अधिकारको लागि आवाज उठाउँदै आएका छन्।
तेस्रो स्थान भने स्पेस निहाङजाले प्राप्त गरेकी छिन्। उनले ३१ मत प्राप्त गरेकी हुन्। उनलाई ५० हजार बालबालिकाको आमा भनेर चिनिन्छ। गरिब बालबालिकालाई उनीहरुको हक तथा अधिकार र एचआईभी संक्रमित बालबालिकाका लागि २५ वर्ष देखि आवाज उठाउँदै अएकी छिन्।
बालहिंसा न्यूनिकरणका लागि लड्दै आएका समाजसेवीहरुको सम्मान र सहयोगको लागि विश्व बाल पुरस्कार नामक कार्यक्रम २००७ साल देखि सञ्चालन गरिँदै आएको छ।
बाल अधिकारको क्षेत्रमा उल्लेखनीय काम गर्ने विश्वभरका व्यक्तिमध्ये एकजनालाई विश्व बाल अधिकार हिरो घोषणा गरिने गर्छ। जसमा हरेक वर्ष तीन जनालाई मनोनित गरिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४